शिओमीको रेडमी नोट फोर सार्वजनिक, २ जीबी र ३ जीबी र्यामको दुईवटा संस्करण

Technology Khabar ९ भाद्र २०७३, बिहीबार

काठमाडौं ।

काठमाडौं, ९ भदौ । शिओमीको नयाँ स्मार्टफोन रेडमी नोट फोर (Redmi Note 4) औपचारिकरुपमा सार्वजनिक भएको छ । कम्पनीले यो स्मार्टफोन चीनमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको हो ।

शिओमी रेडमी नोट फोर स्मार्टफोनमा ५.५ इन्चको फूल एचडी डिस्प्ले राखिएको छ, यसमा २.५ डी आर्क ग्लास प्रयोग गरिएको छ । भने यो फोन २.१ गीगाहर्जको मिडियाटेकको डेका कोर हेलियो एक्स २० (Mediatek Deca-Core Helio X20) प्रोसेसरद्धारा संचालन हुन्छ ।

रेडमी नोट फोर दुईवटा छुट्टा छुट्टै संस्करणहरुमा आउँछ । पहिलो २ जीबी र्याम तथा १६ जीबी आन्तरिक स्टोरेज तथा अर्को ३ जीबी र्याम तथा ६४ जीबी स्टोरेजसहित बजारमा आउनेछ ।Redmi Note 4_01

यसमा अल मेटल बडि डिजाइन रहेको छ भने यो सिल्भर, ग्रे तथा गोल्ड कलरमा उपलब्ध हुनेछ ।

यसमा शक्तिशाली ४,००० एमएएचको ब्याट्री राखिएको भएपनि यो निकै पातलो जस्तो देखिन्छ । तर यसको तौल १७५ ग्राम तथा मोटाई ८.३५ मिलिमिटर रहेको छ ।Redmi Note 4_04

शिओमीको नयाँ स्मार्टफोनमा फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसको रियर क्यामराको ठिक मुनी फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।

यो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लोमा आधारित एमआईयूआई ८ मा संचालन हुन्छ ।Redmi Note 4_03

शिओमी रेडमी नोट फोर स्मार्टफोनको १६ जीबी मोडलको ८९९ यूआन अर्थात करिब १३५ अमेरिकी डलर, तथा ६४ जीबी मोडलको ११९९ यूआन अर्थात करिब १८० अमेरिकी डलर तोकिएको छ ।

स्रोत माध्यम

प्रकाशित: ९ भाद्र २०७३, बिहीबार

तपाइको प्रतिक्रिया