सामसङद्वारा भुक्तानी कार्डका लागि फिंगरप्रिन्ट सेक्युरिटी चिप निर्माण

  • Technology Khabar | १३ माघ २०७८, बिहीबार
सामसङद्वारा भुक्तानी कार्डका लागि फिंगरप्रिन्ट सेक्युरिटी चिप निर्माण

काठमाडौं ।

दक्षिण कोरियाली टेक कम्पनी सामसङले भुक्तानी कार्डका लागि उद्योगकै पहिलो दावी गरिएको अल-इन-वन फिंगरप्रिन्ट सेक्युरिटी चिप सार्वजनिक गरेको छ।

एस३बी५१२सी कोडनेम भएको उक्त चिपले फिंगरप्रिन्ट सेन्सरका माध्यमबाट व्यक्तिको बायोमेट्रिक जानकारी पढ्न सक्ने इन्ग्याजेटले जनाएको छ।

ती जानकारीहरु पढेपछि उक्त चिपले त्यसलाई तोडमोड गर्न नसकिने सुरक्षित इलेमेन्टद्वारा भण्डारण तथा प्रमाणित गरेर सुरक्षित प्रोसेसरका माध्यमबाट विश्लेषण पनि गर्ने बताइएको छ।

यी सेक्युरिटी चिपहरु विशेषगरी भुक्तानी कार्डहरुका लागि डिजाइन गरिएको भए पनि यिनीहरुलाई विद्यार्थी वा कर्मचारीको परिचयपत्र वा कुनै भवनमा प्रवेश गर्नका लागि आवश्यक सदस्यता कार्डमा पनि प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

मुख्यगरी यो नयाँ चिपले बैंक तथा अन्य संस्थालाई बायोमेट्रिक भुक्तानी कार्ड निर्माण गर्न सहयोग पुर्याउने आकलन गरिएको छ।

यसको फिचर झट्ट हेर्दा भुक्तानी कार्डका लागि मास्टरकार्डको पछिल्लो सेक्युरिटी स्पेसिफिकेशन जस्तो लाग्न सक्ने र यसले बहुमूल्य सम्पत्तिहरुलाई सम्भावित जोखिमबाट बचाउने अन्तरराष्ट्रिय सुरक्षा मापदण्ड सीसी ईएएल ६+ पनि आत्मसात् गरेको पाइएको सामसङको दावी छ।

प्रकाशित: १३ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार