
काठमाडौं ।
घरेलु दुर्व्यवहारका पीडितहरू प्रायः समयमै प्रहरीसम्म पुग्न सक्दैनन्। जब उजुरी गरिन्छ त्यसबेलासम्म, प्रमाण हरासकेका हुन्छन वा नस्ट गरिएका हुन्छन्। यो समस्या हटाउन बेलायतमा यस्ता पीडितका लागि नयाँ एप लन्च गरिएको छ।
एपले प्रयोगकर्तालाई कानुनी रूपमा स्वीकार्य प्रमाणहरू सिधै पुलिसलाई प्रदान गर्न अनुमति दिन्छ। वास्तवमा पीडितहरू सिधै कुरा गर्न हिचकिचाउँछन्, उनीहरूलाई ध्यानमा राखेर यो नि:शुल्क एप तयार गरिएको हो। प्रयोगकर्ताहरूले केवल आफ्नो फोनमा एप डाउनलोड गर्नुपर्छ।
यस एपमा खिचिएका तस्बिरहरूलाई फोरेन्सिक महत्त्वको मानिन्छ। यो एप बेलायती प्राविधिक उद्यमी साइमन फ्रान्कले डिजाइन गरेका हुन्। यसले हिंसात्मक अपराधका प्रमाणहरू सङ्कलन गर्दछ।
प्रयोगकर्ताले चाहेको बेला यो रिपोर्ट साझेदारी गर्न सक्नेछन्। एपमा प्रमाणहरू अपलोड भएपछि, यो बयानको रूपमा बाहिर आउँछ जुन दुवै देवानी र फौजदारी अदालतको कार्यवाहीको लागि उपयोगी छ। एपको विशेषता भनेको यसलाई डिलिट गरेपछि पनि अपलोड गरिएको डाटा नष्ट हुँदैन। प्रयोगकर्ताले चाहेमा डाटा अपलोड गरेर एप डिलिट गर्न सक्छन्।
कसैले यो कुरा कसैलाई खुलासा गर्ने अपेक्षा गरिएको छैन। एपमार्फत पीडितले आफूलाई कसरी चोट लाग्यो वा घाईते भयो भन्ने कुरा बताउन सक्छन्। प्रयोगकर्ताहरूले आफ्नो मेडिकल रेकर्ड पनि यसमा थप्न सक्छन्। एप होम स्क्रिनमा ‘क्याप्चर’ को रूपमा देखिन्छ। तर यदि आक्रमणकारीसँगै प्रयोगकर्ताको फोन नियन्त्रणमा छ भने, यस्तो अवस्थामा, यो एप विश्वसनीय पार्टनरको फोनमा राख्न सकिन्छ।
एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई यसलाई कसरी लुकाउने भनेर पनि जानकारी दिईएको छ।
चोट स्केल कार्डका साथमा रेकर्ड हुनुपर्छ
पीडितले एपमार्फत स्केल कार्ड समातेर फोटो खिच्नु पर्नेछ। यो कार्डले चोटको श्रेणी, पीडितले भोगेको चोटको स्तरलाई संकेत गर्दछ। फोरेन्सिक प्रमाणको रूपमा फोटोहरू मान्य हुनेछन्। यदि कुनै विवाद छ भने यी तस्बिरहरूलाई चिकित्सा विशेषज्ञद्वारा समीक्षा गर्न सकिन्छ।
सामान्य क्यामरा वा मोबाइलबाट खिचिएका फोटोहरूमा स्केल समावेश हुँदैन।
प्रकाशित: १२ माघ २०७८, बुधबार