Technology Khabar ७ भाद्र २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ७ भदौ । सामसंगले टाइजेनमा आधारित नयाँ स्मार्टफोन जेड टू (Samsung Z2) विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतको नयाँ दिल्लीमा एक कार्यक्रमका बिच जेड टू सार्वजनिक गरेको हो ।
सामसंग जेड टू स्मार्टफोन लो इन्ड डिभाइस अर्थात बजेट फोन हो जुन स्मार्टफोन पहिलो पटक फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुन चाहनेहरुका लागि केन्द्रित गरिएको छ । यो स्मार्टफोन जेड सिरिजमा आएको तेस्रो स्मार्टफोन हो यसअघि जेड वान तथा जेड थ्री स्मार्टफोन सार्वजनिक भईसकेका छन् भने फोरजी एलटिई (4G LTE) कनेक्टिभिटी भएको पहिलो टाइजेन (Tizen) फोन हो ।
सामसंज जेड टूमा ३.९७ इन्चको डिस्प्ले राखिएको छ भने यसमा स्प्रेडट्रम क्वाड-कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यो फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।
फोटोका लागि जेड टूमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट भिजिए क्यामरा राखिएको छ । यसमा पावरका लागि १,५०० एमएएचको ब्याट्री राखिएको छ । जेड टू स्मार्टफोन टाइजेन २.४ भर्सनमा आधारित रहेको छ भने यसमा माइ मनि ट्रान्सफर एपलगायतका एप्स छन् ।
विभिन्न १२ क्षेत्रिय भाषाहरु सपोर्ट गर्ने जेड टू स्मार्टफोनमा पनि एस बाइक मोड फिचर राखिएको छ ।
भारतीय बजारमा अगस्ट २९ तारिखदेखि किन्न सकिने यो फोनको मूल्य भारु ४,५९० अर्थात करिब ७ हजार ४ सय रुपैंया तोकिएको छ । यो स्मार्टफोन गोल्ड, ब्ल्याक, रेड वाइन कलरमा उपलब्ध हुनेछ ।
टाइजेनमा आधारित स्मार्टफोन विशेषगरि विकासोन्मुख मुलुकका सस्ता उपभोक्ताहरुलाई ध्यानमा राखेर ल्याईएको हो । केहि समयअघि आएको एक रिपोर्टमा यो स्मार्टफोन भारतसहित, नेपाल, बंगलादेश, श्रीलंकालगायतका मुलुकमा पनि सार्वजनिक हुने उल्लेख गरिएको थियो । तर हाल यस विषयमा थप जानकारी दिईएको छैन् ।
प्रकाशित: ७ भाद्र २०७३, मंगलवार