अब पिन नराखी ह्वाट्सएप वेब एकाउन्ट नखुल्ने

  • Technology Khabar | १० माघ २०७८, सोमबार
अब पिन नराखी ह्वाट्सएप वेब एकाउन्ट नखुल्ने

काठमाडौं ।

मेटा अन्तर्गतको ह्वाट्सएपले डेस्कटप प्रयोगकर्ताका लागि टू स्टेप भेरिफिकेशन फिचर ल्याउने भएको छ।

यो फिचर कम्पनीले डेस्कटपको सुरक्षाका लागि ल्याउन लागेको बताएको छ।

यो फिचर लागू भएपछि कुनै पनि एकाउन्टमा अनावश्यक व्यक्तिले ह्याक गरेर लग इन गर्न सक्ने जोखिमबाट सुरक्षित रहन सकिने कम्पनीको दावी छ तर यो फिचर बाध्यकारी नभई वैकल्पिक रुपमा आउने बताइएको छ।

मोबाइलमा ६ अंको कोड उपलब्ध हुने

हालै आएका रिपोर्ट अनुसार यो फिचर आफ्ना आवश्यकता र रुची अनुसार इनेबल वा डिसेबल गर्न सकिनेछ। यो फिचरअन्तर्गत नयाँ स्मार्टफोनमार्फत् ह्वाट्सएपमा लग इन गर्दा यसले रजिस्टर गरिएको मोबाइल नम्बरमा ६ अंकको एउटा कोड पठाउँछ।

हाल डेस्कटप लग इनका लागि ह्वाट्सएप वेबमा एउटा क्यूआर कोड स्क्यान गरेमात्र पुग्छ। यसका लागि कुनै पनि प्रकारका पिनको आवश्यकता पर्दैन।

डेस्कटपमा ह्वाट्सएप च्याटको पहुँच सुरक्षित रहने

डब्लूएबिटाइन्फोका अनुसार डेस्कटपमा ह्वाट्सएप च्याट एक्सेस सुरक्षित बनाउनका लागि अब एउटा पिनको आवश्यकता पर्नेछ।

ह्वाट्सएप सबै ठाउँमा टू-स्टेप भेरिफिकेशन व्यवस्थापनलाई सहज बनाउन अब आउने अपडेटमा वेब/डेस्कटपमा यो फिचर शुरू गर्ने योजनामा रहेको बताइएको छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...