६ महिनामा कहाँबाट कति आयात भए राउटर, हेर्नुहोस् सङ्ख्यासहित

  • Technology Khabar | १० माघ २०७८, सोमबार
६ महिनामा कहाँबाट कति आयात भए राउटर, हेर्नुहोस् सङ्ख्यासहित

काठमाडौं ।

नेपालमा यो आर्थिक वर्षको शुरुवाती ६ महिनामा २ अर्ब ५२ करोड ७४ लाख ७४ हजार रुपैयाँ बराबरको राउटर आयात भएका छन्।

देशभित्र इन्टरनेट सेवाको बिस्तार र पहुँच बढेसँगै राउटरको आयातमा वृद्धि हुने क्रममा निरन्तर वृद्धि हुँदै गएको देखिएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७८/७९ को आधा समय अर्थात् शुरुवाती ६ महिनाको प्रतिवेदन अनुसार २०७८ श्रावणदेखि पुष मसान्तसम्म नेपालमा ७ लाख ३६ हजार ५१६ ओटा राउटर भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट २ अर्ब ४६ करोड ६२ लाख २ हजार रुपैयाँ बराबरको ७ लाख २१ हजार १६४ ओटा राउटर आयात पाइएको छ।

यसपछि अमेरिकाबाट २ करोड ८ लाख २१ हजार बराबरको ५,६०९ थान, अस्ट्रेलियाबाट १ करोड ३२ लाख ७० हजार रुपैयाँ बराबरको ३ हजार ६०२, लिथुआनियाबाट २१ लाख ३९ हजार बराबरको २ हजार ५० ओटा, बेल्जियमबाट ६२ लाख ६५ हजार बराबरको १,७०० थान,  ताइवानबाट ४९ लाख २ हजार बराबरको १ हजार ७२ ओटा राउटर आयात भएको तथ्याङ्क छ।

यसैगरी भारतबाट १५ लाख ७५ हजार बराबरको ५०१ थान, भियतनामबाट २१ लाख २७ हजार बराबरको ३९० थान, लात्भिया बाट ८७ लाख ७३ हजार बराबरको ३८३ थान राउटर भित्रिएको देखिन्छ।

यसबाहेक मलेसियाबाट जर्मनी, हङकङ, जापान कोरिया लाओस मलेसिया थाइल्याण्ड यूएई र बेलायतबाट ५५ हजार ८ सयदेखि ८ हजार रुपैयाँसम्मका ८ देखि १ थानसम्म परिमाणका राउटर आयात भएको तथ्याङ्क छ।

कोरोना संक्रमणका कारण लकडाउन भएपछि उपभोक्ताले यी सेवाको उपयोग अधिकतम गरिरहेका छन्।

हाल कोरोनाको तेस्रो लहरका कारण पनि वर्क फ्रम होम र अनलाइन कक्षा शुरु भइसकेकाले  इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या थप बढ्ने देखिएकोमा इन्टरनेटका लागि आवश्यक राउटरको आयात बढ्नुलाई सकारात्मक नै मान्न सकिन्छ।

प्रकाशित: १० माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार