अनलाइन ब्रोकरेज कम्पनी रबिनहूडले क्रिप्टो वालेट सञ्चालन गर्ने

  • Technology Khabar | ७ माघ २०७८, शुक्रबार
अनलाइन ब्रोकरेज कम्पनी रबिनहूडले क्रिप्टो वालेट सञ्चालन गर्ने

काठमाडौं ।

रबिनहूड मार्केट्स इंकले क्रिप्टो वालेट सञ्चालनमा ल्याउने भएको छ।

रबिनहूडले ल्याउने उक्त वालेट १ हजार जनासम्मका लागि हुने र उपभोक्ताले वालेट प्रयोग गरेर आफ्ना ब्रोकरेज एकाउन्टमार्फत् क्रिप्टोकरेन्सी पठाउन र पाउन सक्ने कम्पनीले आफ्नो ब्लगमा उल्लेख गरेको छ।

रबिनहूड मेन्लो पार्कमा मुख्यालय रहेको अनलाइन ब्रोकरेज कम्पनी हो। यसले सन् २०२२ मा व्यापक रुपमा परिचालन गर्ने योजनासहित गत वर्षदेखि नै क्रिप्टोकरेन्सी वालेटको परीक्षण शुरु गरेको थियो।

क्रिप्टो वालेटका लागि पर्खाइमा रहेका करिब १६ लाख मानिसमध्ये छानिएका उत्कृष्ट यूजरहरुले आफ्ना क्रिप्टोकरेन्सी रबिनहूड मार्फत् बाहिरी क्रिप्टो वालेटमा एक्सचेन्ज गर्न सक्ने रोयटर्सले उल्लेख गरेको छ।

यो नयाँ फिचरले डिजिटल सम्पत्तिधारकहरुलाई ब्लकचेन इकोसिस्टमसँग कनेक्ट गराउँछ।

बिटा परीक्षकहरुले दैनिक २, ९९९ डलरसम्म निकाल्न र एक दिनमा १० पटक सम्म कारोबार गर्न सक्छन्।

कम्पनीले सुरक्षाका लागि क्रिप्टो एक्सचेन्जका लागि टू फ्याक्टर अथेन्टिकेशन इनेबल गर्नुपर्ने प्रावधान राखेको छ।

कोराना महामारीका बीच रिटेल ट्रेडिङमार्फत् मनग्य आम्दानी गर्न सफल रबिनहूडले आगामी मार्चसम्म यो सेवा १ हजारबारट १० हजार उपभोक्ताका लागि विस्तार गर्ने योजना बनाएको छ।

प्रकाशित: ७ माघ २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • ७ माघ २०७८, शुक्रबार