
काठमाडौं ।
अमेरिकी अन्तरिक्ष नियोग नासाले अन्तरिक्ष यात्रीलाई चन्द्रमामा लैजान बनाइएको नयाँ रकेटमा रहेको काम नगर्ने उपकरणलाई मर्मत गरेको छ।
एजेन्सीले आगामी मार्चमा पहिलो पटक उड्ने स्पेस लञ्च सिस्टमको तयारी गरिरहेको छ। अघिल्लो महिना रकेटको इन्जिन कन्ट्रोलरमा खराबी भेटिएको थियो।
तर त्यसमा समस्याग्रस्त पार्टपुर्जा फेरिसकिएको छ भने गत हप्ता गरिएको परीक्षणमा
उक्त रकेटमा रहेका सबै ४ ओटै इन्जिन कन्ट्रोलरले राम्री काम गरेको नासालाई उद्धृत गर्दै नासाले लेखेको छ।
इन्जिन कन्ट्रोलरहरुले प्रत्येक आरएस-२५ इन्जिनका दिमागका रुपमा काम गर्दै रकेटलाई अर्बिटसम्म धकेल्न मद्दत गर्दछन्। यसबाहेक यिनीहरुले रकेटसँग सम्पर्कमा रही इन्जिनमाथि नियन्त्रण कायम गर्दै केही समस्या आए तुरुन्तै निदान गर्दछन्।
गत वर्षको अन्तमा गरिएको परीक्षणमा चोथो नम्बरको इन्जिनका केही इलेक्ट्रोनिक्स पार्टपुर्जाहरुले इन्जिनलाई पावर दिन बारम्बार असफल भएका थिए।
नासाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरको भेहिकल एसेम्ब्ली बिल्डिङमा रहेको यो रकेटमा ओरियन अन्तरिक्षयान जडान गरिएपछि ३२२ फिट अग्लो हुने र यो सन् १९६० र ७० को दशकमा चन्द्रमामा मानिस लैजान प्रयोग भएको शक्तिशाली स्याटर्न भी लञ्चरभन्दा १५ गुणा बढी शक्तिशाली रहेको बीबीसीले जनाएको छ।
प्रकाशित: ६ माघ २०७८, बिहीबार