२०० मेगापिक्सेल क्यामरा भएको शक्तिशाली स्मार्टफोन ल्याउँदै मोटोरोला, १२५ वाटको चार्ज सपोर्ट

  • Technology Khabar | ४ माघ २०७८, मंगलवार

काठमाडौं ।

मोटोरोलाले नयाँ फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको जानकारी बाहिरिएको छ, जसको कोडनेम ‘फ्रन्टियर’ राखिएको छ। यो फोनले सामसङ, एप्पलका प्रिमियम फोनसँग सीधै प्रतिस्पर्धा गर्ने बताइएको छ।

यसअघिको मोटोरोलाको अन्तिम फ्ल्यागशिप फोन मोटोरोला एज प्लस हो, जुन २०२० मा रिलिज भएको थियो र त्यसपछि कम्पनीले मिड-रेन्ज फोनहरूमा मात्र ध्यान केन्द्रित गरेको छ।

तर, अब यो २०२२ मा परिवर्तन हुँदैछ र कम्पनीले छिट्टै प्रोजेक्ट फ्रन्टियर ल्याउने तयारी गरिरहेको छ।

जर्मन वेब्की टेक्निक न्यूजको अनुसार, मोटोरोलाले आफ्नो अर्को फ्ल्यागशिप डिभाइसमा काम गरिरहेको छ। मोटोरोला फ्रन्टियरमा ६.६७ इन्चको डिस्प्ले हुनेछ, जुन पी ओएलईडी (P-OLED) प्रविधिका साथ आउँछ। यो फुल एचडी हुनेछ, र यसको रिफ्रेस दर १४४ हर्ज रहनेछ।

२०० मेगापिक्सेल क्यामरा

क्यामराको रूपमा, मोटोरोलाको फ्ल्यागशिप फोनमा सामसङको २०० मेगापिक्सेल एस५केएचपी१ सेन्सर प्राथमिक क्यामराको रूपमा दिइएको हुनेछ। यसबाहेक, यसमा सामसङकै ५० मेगापिक्सेल अल्ट्रावाइड लेन्स र १२ मेगापिक्सेलको सेन्सर रहनेछ। यस बाहेक यसमा ६० मेगापिक्सेलको ओम्नीभिजन ओभी६०ए (OmniVision OV60A) सेल्फी क्यामरा रहन्छ, जुन मोटोरोला एज एक्स३० को जस्तै हो।

यसको अगाडिको क्यामराले स्न्यापड्रागन ८ जेन १ को अलवेज अन फिचर प्रयोग गर्नेछ, जसले तपाईंले केही हेरिरहेको बेला पहिचान गर्नेछ र त्यसअनुसार तपाईंको स्क्रिन लक पनि गर्नेछ। यसले स्वचालित रूपमा मेसेज ब्यानर लुकाउनेछ र अन्य प्रयोगकर्ताहरूले यसलाई स्क्रिन लकमा देख्न सक्ने छैनन्।

फोनमा ८जीबी र्याम तथा १२८ जीबी स्टोरेज र १२ जीबी र्याम र २५६ जीबी स्टोरेज अप्सन दिईनेछ। ब्याट्रीको रूपमा, मोटोरोला फ्रन्टियरमा १२५ वाटसम्म चार्जिङ उपलब्ध गराइनेछ, जुन ५० वाट वायरलेस चार्जिङका साथ आउन सक्छ। यसले टाइप-सी पोर्टका साथमा काम गर्नेछ र यसले एन्ड्रोइड १२ अपरेटिङ सिस्टममा सञ्चालन हुनेछ।

प्रकाशित: ४ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया