शाओमी स्मार्टफोनमा कुनै सेन्सरशिप तथा सर्भिलेन्स टूल राखिएको पाइएन: विज्ञहरु

  • Technology Khabar | २ माघ २०७८, आईतवार
शाओमी स्मार्टफोनमा कुनै सेन्सरशिप तथा सर्भिलेन्स टूल राखिएको पाइएन: विज्ञहरु

काठमाडौं ।

गत वर्षको सेप्टेम्बरमा लिथुअनियाका अधिकारीहरुले शाओमीका स्मार्टफोनमा बेइजिङका लागि असहज हुने रिक्वेस्टहरुलाई फिल्टर गर्ने खालको बिल्ट-इन सेन्सर रहेको भन्दै मुद्दा दर्ता गराएका थिए।

अन्य कुराहरु बाहेक उनीहरुले ती डिभाइसहरुले यूजरका डाटा सिंगापुरमा रहेका सर्भरमा पठाउने आरोप पनि लगाएका थिए।

यस सम्बन्धमा शाओमीले यूरोप तथा विश्व बजारमा उपलब्ध डिभाइसहरुमा सेन्सरशिपका लागि कुनै टूल समावेश नभएको बताएको थियो भने आफूहरु सधैं प्रयोगकर्ताको गोपनीयताको पक्षमा उभिने विश्वास पनि दिलाएका थिए।

यस विषयमा सत्यतथ्य पत्ता लगाउन जर्मनीको संघीय साइबरसुरक्षा अनुगमनकारी संस्था बीएसआई ले आफैले अनुसन्धान गरेर फैसलासमेत सुनाएको थियो। विज्ञहरुले उक्त अनुसन्धानमा शाओमीका स्मार्टफोनका प्रोग्राम कोडमा कुनै प्रकारको सेन्सरशिप सम्बन्धी टूल समावेश रहेको पाएका थिएनन्।

‘परिणामत: बीएसआईले थप अनुसन्धान गर्नुपर्ने वा अन्य अपायहरु अवलम्बन गर्नुपर्ने खालका कुनै खराबी भेटेन’, जर्मनी संस्थाले विज्ञप्तिमा उल्लेख गरेको रोयटर्सले जनाएको छ।

यसबाट उक्त टोलीले लिथुआनियाका अधिकारीहरुले शाओमीविरुद्ध लगाएको आरोप सम्बन्धमा कुनै प्रमाण नभेटेको प्रस्ट हुन्‍छ। हाल उक्त कम्पनीले अनुसन्धानको नतिजाबारे केही टिप्पणी गरेको छैन।

केही समयअघि ताइवान नेशनल कम्युनिकेशन्स कमिशन एनसीसीले पनि शाओमीका स्मार्टफोनमा बिल्ट-इन सेन्सरहरु रहेको बताएको थियो।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Australian PM says to enact laws to govern AI

  • Technology Khabar
  • २ माघ २०७८, आईतवार