
काठमाडौं ।
काठमाडौं, २४ साउन । गूगलले नयाँ नेक्सस स्मार्टफोन ल्याउने चर्चा निकै समयदेखि छ । गूगलको नेक्सस (Google Nexus) स्मार्टफोन एचटिसीले (HTC) बनाई रहेको विषय पनि कुनै नयाँ होईन् । तर हालै एचटिसीले बनाएको नेक्सस स्मार्टफोनको जानकारीहरु अनलाइनमा लीक भएका छन् ।
एचटिसीले बनाईरहेको नेक्ससका दुईवटा मोडलहरु रहेका छन् । यी दुबै मोडलहरुको कोड नाम रहेको छ, एउटा हो नेक्सस सेलफिस (Nexus Sailfish) र अर्को हो नेक्सस मार्लिन (Nexus marlin) । यी दुबै मोडलका फोनहरुको जानकारी अनलाइनमा चुहिएको छ । तर हालै नेक्ससको सेलफिस गिकबेन्चमा (GFXBench) लिस्टेड भएको छ । जसमा यो स्मार्टफोनको सम्पूर्ण जानकारीहरु आएका छन् ।
नेक्सस सेलफिसमा ५ इन्चको फूलएचडी डिस्प्ले रहनेछ, जसको पिक्चर रिजोल्यूशन १०८०x१२८० पिक्सेल हुनेछ । त्यसैगरी यो फोनमा २.१ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन ८२० प्रोसेसर रहेको छ ।
एचटिसीले बनाईरहेको गूगलको नेक्सस सेलफिसमा ४ जीबीको र्याम तथा ३२ जीबीको स्टोरेज हुनेछ भने यो स्मार्टफोन एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोयड ७.० नुगटमा आधारित भएर संचालन हुनेछ ।
यो स्मार्टफोनमा फोटो खिच्नका लागि १२ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसको रियर क्यामराले यूएचडी भिडियो अर्थात फोरके भिडियो खिच्न सक्दछ ।
नेक्सस सेलफिसमा फिंगप्रिन्ट सेन्सर (Fingerprint Sensor) पछाडिको भागमा हुनेछ भने एनएफसी, यूएसबी टाइप-सी (USB Type C) पोर्ट राखिनेछ । यो स्मार्टफोनमा पावरका लागि २७७० एमएएचको ब्याट्री प्याक हुनेछ ।
त्यसैगरी नेक्ससको मार्लिन कोड नेम भएको स्मार्टफोनमा भने ५.५ इन्चको क्यूएचडी एमोलेड (QHD AMOLED) डिस्प्ले राखिनेछ । ४ जीबीको यार्म हुने यो स्मार्टफोनमा ३२ जीबीको स्टोरेज हुनेछ भने यसलाई बढाएर १२८ जीबीसम्म पुर्याउन सकिनेछ ।
यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रयागन ८२० प्रोसेसर छ भने फोटोका लागि १२ मेगापिक्सेल रियर तथा ८ मेगापिक्सेल सेल्फी क्यामरा राखिएको छ । यो स्मार्टफोनमा पावरका लागि ३,४५० एमएएचको ब्याट्री प्याक छ भने चार्जका लागि यूएसबी टाइप-सी (USB Type C) पोर्ट राखिएको छ । 
यसैबिच गूगल नेक्ससलाई अमेरिकाको मोबाइल क्यारियर भेरिजोनले बिक्री गर्ने भएको छ । जानकारीअनुसार भेरिजोनले नेक्सस फोन आफ्नो स्टोरहरुबाट बिक्री तथा प्रबद्र्धन गर्ने विभिन्न अनलाइनहरुमा उल्लेख छ ।
गूगल नेक्ससका दुबै मोडलहरु यहि अक्टोबरमा सार्वजनिक हुने अनुमान गरिएको छ भने नेक्सस सेलफिसको मूल्य करिब ३५० अमेरिकी डलर हुने अनुमान छ ।
एजेन्सीहरुको सहयोगमा
प्रकाशित: २४ श्रावण २०७३, सोमबार