Technology Khabar २३ श्रावण २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, २३ साउन । भारतीय मोबाइल ब्राण्ड सेलम्याक्स (Celmax) नेपाली बजारमा भित्रिएको छ । कम्पनीले नेपालको अदिति ट्रेड लिंक्स प्रालिसँगको सहकार्यमा नेपालमा सेलम्याक्सका ब्राण्डहरु उपलब्ध गराउने छ ।
सेलम्याक्सले नेपाली बजारमा मोबाइल फोनका साथै विभिन्न होम एप्लाइन्सेज पनि उपलब्ध गराउने छ । सेलम्याक्सका उत्पादनहरु नेपालभरी १५ सय भन्दा बढि आउटलेटबाट बिक्री गरिने जनाएको छ ।
सेलम्याक्स टेक्नोलोजीज लिमिटेडका (Celmax Technologies Limited) प्रबन्ध निर्देशक डि. श्रीनिभास राओले सेलम्याक्सका लागि नेपाली बजार महत्वपूर्ण भएको भन्दै हाम्रा प्रविधिक आविश्कारहरु नेपाली उपभोक्ताहरुले मन पराउने विचार व्यक्त गरे । उनले भने, ‘नेपालमा युवा र महिलाहरु हाम्रा प्राथमिक ग्राहकहरु हुन् । हामी ३० दिन ब्याट्री व्याकअप भएको मोबाइल फोन मोडल लिएर नेपालका ग्रामिण क्षेत्रमा पनि पुग्नेछौं ।’
अदिती ट्रेड लिंक्स प्रालिका निर्देशक उमेश अधिकारीले सेलम्याक्स एक्सपेरियन्स जोन काठमाडौंमा स्थापना गरेर उपभोक्ताहरुलाई सेलम्याक्सका उत्पादनहरुको बारेमा सम्पूर्ण जानकारी दिने बताए ।
सेलम्याक्सले स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा नेपालमा आफ्नो व्यवसाय बिस्तार गरेको हो । यसपछि कम्पनी श्रीलंका र बंगलादेशमा जाने र त्यसपछि मध्यपूर्वका देशहरु र यूरोपमा बजार विस्तार गर्ने जनाएको छ । यसअघि सेलम्याक्सका उत्पादनहरु भारतबाहेक हंगकंग र अमेरिकामा उपलब्ध भएको कम्पनीले उल्लेख गरेको छ ।
प्रकाशित: २३ श्रावण २०७३, आईतवार