सामसङको ग्यालेक्सी एस२१ एफई फाइभजी सार्वजनिक

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
सामसङको ग्यालेक्सी एस२१ एफई फाइभजी सार्वजनिक

काठमाडौं ।

सामसङले ग्यालेक्सी उत्पादन एस२१ एफई ५जी स्मार्टफोन सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमतायुक्त सेट सार्वजनिक गरिएको सामसङले जानकारी दिएको छ।

एस२१ एफई ५जीले यसअघि सार्वजनिक ग्यालेक्सी एस२० एफईकै विरासतलाई अघि बढाएको कम्पनीको दाबी छ। तीनवटा क्यामरा, ६.४ इन्चको एफएचडी एमोलेड डिस्प्ले र १२० हर्ज रिफ्रेसरेट भएको सेटले युवा ग्राहकहरूलाई आकर्षित गर्ने सामसङ मोबाइल नेपालका व्यापार प्रमुख प्रणयरत्न स्थापितले बताए।

उच्च श्रेणीको क्यामरा
ग्यालेक्सी एस२१ एफई ५जीमा तीनवटा क्यामरा जडान गरिएको छ। यसको पृष्ठ भागमा उच्चतम श्रेणीको १२ मेगापिक्सेल (यूडब्ल्यू) प्लस १२ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल क्यामरा रहेका छन्। यी क्यामराबाट चहकिलो एवम् अद्भूत फोटोहरू खिच्न सकिने कम्पनीले दाबी गरेको छ।

अल्ट्रा वाइड लेन्सले सबिस्तार सबैलाई एउटै फ्रेममा समेट्ने तथा अघिल्लो भागको ३२ मेगापिक्सेल क्षमतायुक्त क्यामराको सहायताले अद्भूत सेल्फी खिच्न सकिने पनि सामसङले उल्लेख गरेको छ। प्रो–श्रेणीको क्यामरा प्रणालीमा दोहोरो रेकर्डिङ्ग, पोर्टेट मोड, विस्तारित नाइटमोड र ३० गुणासम्म जुम सुविधा रहेका छन्।

उच्च श्रेणीको पावरहाउस
यसमा ६.४ इन्चको एफएचडी प्लस डाइनामिक एमोलेड २एक्स डिस्प्ले रहेको छ। जसको रिफ्रेसरेट १२० हर्ज र टच स्याम्प्लिङरेट २४० हर्ज छ। कृत्रिम वौद्धिकतामा आधारित ब्ल्यूलाइट नियन्त्रणका कारण स्क्रीन हेर्दा आँखा नबिझाउने पनि उत्पादक कम्पनीको दाबी छ।

यस्तै ५एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफई ५जीले अधिकतम उच्च गति र निर्वाध कार्यक्षमता सुनिश्चितता प्रदान गर्दछ। आइपी ६८ रेटिङ्गले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ। दिनभर चल्ने ब्याट्री, ५जी र वाइफाइ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध रहेको जनाइएको छ।

यो सेट ग्राफाइट, लाभेन्डर र ओलिभ गरी तीन रङमा उपलब्ध छ। ग्राहकहरूले ग्यालेक्सी एस२१ एफई ५जीको २५६ जीबी भेरियन्टलाई ८९ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार