
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयले आवेदन खुला गरेको कप्युटर विज्ञान तथा सूचना प्रविधि विषयको भर्नाका लागि प्रवेश परीक्षाको मिति तोकेको छ।
त्रिविले चार वर्षे स्नातक तहका लागि बीएस्सी सिएसआइटी कार्यक्रममा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन पुस ४ गतेदेखि खुलाएको हो। यसमा सहभागी हुनका लागि आवेदन माघ ४ गतेसम्म तोकिएको छ।
सोही प्रवेश परीक्षाको परीक्षा तालिका आज सार्वजनिक गरेको हो।तालिकाअनुसार आउँदो माघ २२ गते शनिबार परीक्षा हुनेछ र त्यसको लागि समय दिउँसो १२ बजेदेखि २ बजेसम्म तोकिएको छ।
प्रवेश परीक्षामा सहभागी हुनका लागि परीक्षार्थीले अनिवार्य अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
http://www.entrance.tuiost.edu.np/ वेवसाइटमा आवेदन दिएर यही वेबसाइटमा फर्म सबमिट गर्नुपर्ने त्रिविले जनाएको छ। प्रवेश परीक्षाको शुल्क एक हजार पाँच सय रुपैयाँ तोकिएको छ।
यसमा भर्ना हुन र प्रवेश परीक्षाका लागि कम्तीमा तल्तो तहमा दोस्रो क्षेणीमा उत्तिर्ण भएको वा १० प्लस टूमा सी ग्रेड ल्याएको हुनुपर्नेछ।
तोकिएको मितिभित्र आवेदन दिन छुटाएकाहरुले माघ पाँचदेखि ११ गतेसम्ममा दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने बताइएको छ। त्रिविको विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगतका आंगिक तथा सम्बन्धन प्राप्त कलेजमा चार वर्षे बीएस्सी सिएसआइटी विषयको पठन–पाठन हुँदै आएको छ।
प्रकाशित: २८ पुष २०७८, बुधबार