बक्याैता मिलान गर्न भोडाफोन आइडियाले भारत सरकारलाई ३५ प्रतिशत शेयर दिने

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
बक्याैता मिलान गर्न भोडाफोन आइडियाले भारत सरकारलाई ३५ प्रतिशत शेयर दिने

काठमाडौं ।

भारतीय दूरसञ्चार सेवा प्रदायक भोडाफोन आईडियाको ३५ प्रतिशत शेयर सरकारले लिने भएको छ।

कम्पनीले मंगलबार आफ्नो बोर्डले स्पेक्ट्रम अक्शन इन्स्टलमेन्ट तथा एयरवेभ प्रयोगबापत् सरकारलाई तिर्नुपर्ने बाँकी बक्याैता बराबरको शेयर सरकारलाई दिन तयार भएको बताएको छ।

उक्त बक्योता रकमको हालसम्मको ब्याज १६ खर्ब भारतीय रुपैयाँ अर्थात् लगभग २ अर्ब १६ करोड डलर हुन आउने कम्पनीले आकलन गरेको छ।

कम्पनीको शेयर मूल्य केही समययता १० प्रतिशतले घटेर १३.४० मा झरेको छ।

सरकारले बक्योता बराबरको रकम अनुसार हुन आउने भोडाफोन आईडियाको ३५.८ प्रतिशत शेयर पाउने बुझिएको छ। यसबाहेक प्रबर्द्धक शेयरधनी भोडाफोन ग्रुपले २८.५ तथा आदित्य बिड्ला ग्रुपले १७.८ प्रतिशत शेयर राख्नेछन्।

‘शेयर घटाउने काम विद्यमान शेयरधनी तथा प्रबर्द्धकले रुचाउने विषय होइन। सरकारलाई १० देखि १५ प्रतिशत शेयर दिएको भए सबैको सहमति हुने थियो’, क्यापिटलभाया ग्लोबल रिसर्चकी वरिष्ठ अनुसन्धान विश्लेषक लिखिता चेपाले भनिन्।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार