क्यान इन्फोटेक २०२२ अर्को निर्णय नभएसम्मको लागि स्थगित

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
क्यान इन्फोटेक २०२२ अर्को निर्णय नभएसम्मको लागि स्थगित
क्यान इन्फोटेकको २७औँ संस्करण आयोजना गर्ने बारे पुस ११ गते आयोजित पत्रकार सम्मेलन। फाइल तस्बिर

काठमाडौं ।

यहि माघ १८ गते देखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको क्यान इन्फोटेकको २७ औं संस्करण स्थगित भएको छ।

क्यान महासंघले कोभिड-१९ को तेश्रो लहर, काठमाडौं उपत्यकालगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरुलगायत कोभिड नियन्त्रण सम्बन्धी नेपाल सरकारका पछिल्ला निर्णयहरुलाई ध्यानमा राख्दै क्यान इन्फोटेक २०२२ का प्रायोजक, प्रदर्शनीकर्ता, सहयोगी तथा सरोकारवालाहरुसँगको परामर्शमा अर्को निर्णय नभएसम्मको लागि हाललाई स्थगित गरिएको जनाएको छ।

महासंघकाअनुसार सुचना तथा संचार प्रविधि सम्बन्धि कम्पनीहरु तथा संस्थाहरुको सहभागिता रहने गरी सम्पुर्ण तयारी पुरा भएको थियो ।

क्यान इन्फोटेक २०२२ को तयारीको क्रममा सहयोग पुर्याउने सबैमा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्दै क्यान इन्फोटेक २०२२ स्थगितका कारण पर्न गएको असुविधा प्रति सम्बन्धित सबैसंग क्यान महासंघले क्षमा मागेको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २७ पुष २०७८, मंगलवार