युवाहरुसँग स्टार्टअप आईडिया माग

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
युवाहरुसँग स्टार्टअप आईडिया माग

काठमाडौं ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्लास्तरीय युवा स्टार्टअप विचार गोष्ठी हुने भएको छ। राष्ट्रिय युवा परिषद् नेपालको वार्षिक कार्यक्रमअनुसार जिल्लाको मध्यविन्दु नगरपालिकाले ‘युवा नवप्रवर्तनात्मक विचार प्रदर्शनी तथा प्रस्तुतीकरण’ विषयक प्रतियोगितात्मक विचार गोष्ठी सञ्चालन गर्न लागेको हो।

जसअनुसार नगरपालिकाले युवा प्रतिभा प्रबर्द्धन तथा सम्मान कार्यक्रम समेत गर्ने भएको छ।

नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका उपसचिव टेकप्रसाद पाण्डेकाअनुसार जिल्लाकै आठवटा स्थानीय तहका युवाहरुसँग स्टार्टअप विचार माग गरिएको हो।

जिल्लामा रहेका १६ देखि ४० वर्ष उमेरसम्मका युवाको मनमा लागेका विचार स्थानीय तहको शिक्षा शाखामार्फत माग गरिएको छ भने उनीहरुले कृषि, स्वास्थ्य, शिक्षा, रोजगार लगायतका क्षेत्रलाई समेटेर युवाले आफ्नो विचार लेखेर पठाउनुपर्नेछ।

जिल्लाभित्रका युवाहरुले माघ १० गतेभित्र स्थानीय तहको शिक्षा शाखामार्फत ‘युथ इनोभेटिभ आईडियाज हन्ट’ विषयका लागि आफ्नो विचार पठाउनुपर्ने छ।

कुनै क्षेत्रको विकास तथा प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने बारेमा युवाहरुले आफ्नो धारणा राख्ने प्रतियोगिता नै स्टार्टअप विचार गोष्ठी भएको उपसचिव पाण्डेले उल्लेख गरेका छन्।

स्थानीय स्तरमा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ पुरस्कार दिईने नगरपालिकाले उल्लेख गरेको छ। जसमध्ये पहिलो हुने विचारलाई प्रदेशस्तरमा प्रतिस्पर्धामा पठाईने जनाएको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Unorganized telephone, internet and TV wires to be managed within two weeks

  • Technology Khabar
  • २७ पुष २०७८, मंगलवार