नासा जेम्स वेब टेलिस्कोप परिचालनको नजिक

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
नासा जेम्स वेब टेलिस्कोप परिचालनको नजिक

काठमाडौं ।

अमेरिकी अन्तरिक्ष नियोग नासा आफ्नो जेम्स वेप अन्तरिक्ष टेलिस्कोप परिचालनको निकै नजिक पुगेको छ।

एजेन्सीले जेम्स वेब टेलिस्कोपको पहिचानका रुपमा रहेको सुनाैलो जलप भएको प्राथमिक शीशा जडान सफलतापूर्वक जडान गरेको छ भने उक्त उपकरणका अन्य सबै पार्टपुर्जाहरु लगाउने काम पनि सम्पन्न भइसकेको छ।

उक्त मिसनका सहभागीहरुले प्राथमिक शीशाको भागलाई चलाएर टेलिस्कोपको अप्टिकलाई मिलाउने महिनो लाग्ने काम बाँकी भए पनि १० अर्ब डलर बराबरको यो डिभाइस सही हालतमा छ भन्ने चाहिँ प्रमाणित भएको छ।

जेम्स वेब टेलिस्कोप पृथ्वीभन्दा ९ लाख ३० हजार माइलमाथिको एल२ लाग्रेन्ज प्वाइन्टतर्फ जाने भएकाले यसमा तेस्रो कोर्स करेक्शन बर्न अर्थात् तेस्रो पटक जल्नुपर्ने हुन्छ।

खगोलविदहरुले उक्त एल२ प्वाइन्टलाई हस्तक्षेपबिना इन्फ्रारेड प्रकाशको अध्ययनका लागि प्रयोग गर्ने र यसबाट हबल वा अन्य टेलिस्कोपमार्फत् सम्भव नचएको अघिल्लो भूमन्डलका बारेमा तथ्यहरु पत्ता लाग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार