
काठमाडौं ।
नेपाल टेलिकमले आज राति आफ्नो सिस्टमको नियमित मर्मत संभार गर्ने भएको छ। कम्पनीले आज राति बिलिङ्ग सिस्टमको मर्मत सम्भार गर्ने जानकारी दिएको छ।
सो अन्तरगत आज राति १ः०० बजेपछि करिब २ घण्टासम्म कम्पनीको सेवाहरुमा समस्या आउन सक्ने बताईएको छ।
जसअनुसार कम्पनीको रिचार्ज, प्याकेज सब्सक्रिप्सन तथा भोल्यूम/ब्यालेन्स क्वेरीमा केही समस्या आउन सक्ने कम्पनीले जानकारी दिएको छ।
यसबाहेकका अन्य सेवाहरु भने यथावत सुचारु रहने टेलिकमले जनाएको छ।
विलिङ्ग सिष्टम मर्मत सम्भार सम्बन्धी जरूरी सूचना !!#NepalTelecom #notice pic.twitter.com/d3MyKIV5WD
— Nepal Telecom (@ndcl_nt) January 9, 2022
प्रकाशित: २५ पुष २०७८, आईतवार