भारतको रिलायन्सद्वारा डेलिभरी संस्था डञ्जोको २६ प्रतिशत शेयर २० करोड डलरमा खरिद

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
भारतको रिलायन्सद्वारा डेलिभरी संस्था डञ्जोको २६ प्रतिशत शेयर २० करोड डलरमा खरिद

काठमाडौं ।

भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडको खुद्रा विभागले अनलाइन डेलिभरी प्लेटफर्म डञ्जोको २० करोड डलरमा २५.८ प्रतिशत शेयर किनेको छ।

अर्बपति मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्स इन्डस्ट्रिजले बिहीबार आफ्नो खुद्रा विभागले बेंगलुरुमा रहेको डन्जोमा २४ करोड डलरको फन्डिङ राउन्ड आयोजना गरेको थियो।

डन्जोले खाद्यान्न तथा औषधिहरु निकै छिटो गतिमा घरघरमा पुर्याउने साथै विभिन्न दस्तावेजहरु पनि ल्याउने तथा पुर्याउने सेवा प्रदान गर्दै आएको छ।

‘हाम्रा व्यापारीहरुले व्यवसाय वृद्धिका लागि डन्जोको हाइपरलोकल डेलिभरी नेटवर्कको पहुँच पाउनेछन्’, रिलायन्स भेन्चर्स लिमिटेडकी निर्देशक इशा अम्बानीले भनिन्।

उनले यो साझेदारीमार्फत् व्यापारीहरुले अनलाइन सेवाको उपभोगको तरिका नै बदलिएको अनुभव गर्ने पनि थपिन्।

कोरोना महामारीका बेला डन्जो तथा सफ्टब्यांकको सहयोगमा सञ्चालित स्विगीको जीनी जस्ता सेवाहरुको व्यवसायको माग घरायसी र अत्यावश्यक सामग्री छिटो छरितो रुपमा पुर्याउन निकै बढेको थियो।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार