अमेरिकाको एफएएद्वारा ५० विमानस्थल फाइभजी बफर जोनमा सूचीकृत

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
अमेरिकाको एफएएद्वारा ५० विमानस्थल फाइभजी बफर जोनमा सूचीकृत

काठमाडौं ।

अमेरिकाको संघीय उड्डयन प्रशासन एफएएले शुक्रबार ५० विमानस्थलको सूभी निकाल्दै तिनीहरु फाइभजीको बफर जोनमा रहेका बताएको छ।

एफएएले ती सबै विमानस्थलहरु आगामी जनवरी १९ मा वायरलेस क्यारियरहरुले नयाँ फाइभजी सी-ब्याण्ड सेवा शुरु गरेपछि बफर जोनमा पर्ने स्पष्ट पारेको छ।

एटीएन्डटी तथा भेरिजोन कम्युनिकेशन्सले सोमबार विमानका गम्भीर उपकरणमा प्रभाव परेर अवतरणमै समस्या हुने जोखिमलाई मध्यनजर गर्दै ५० ओटा विमानस्थललाई बफर जोनमा राख्ने कुरामा सहमत भएका हुन्।

यसबाहेक उनीहरु फाइभजी वायरलेस सेवा परिचालनमा २ हप्ता ढिलाइ गर्न पनि सहमत भएका छन्।

यो सूचीमा न्यूयोर्क सिटी, लस एञ्जल्स, शिकागो, लस भेगस, मिन्नापोलिस, डेट्रोइट, ड्यालस, फिलाडेल्फिया, सियाटल तथा मायामीलगायतका विमानस्थल परेका छन्।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार