शक्तिशाली इजरायली स्पाइवेयर किनेको पोल्याण्डका नेताद्वारा स्वीकार

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
शक्तिशाली इजरायली स्पाइवेयर किनेको पोल्याण्डका नेताद्वारा स्वीकार

काठमाडौं ।

पोल्याण्डका एक नेताले इजरायली शक्तिशाली स्पाइवेयर किनेको स्वीकार गरेका छन्।

देशका सबैभन्दा शक्तिशाली नेताका रुपमा रहेका यारोस्लाव काजिन्स्कीले देशले इजरायली सर्भिलेन्स सफ्टवेयर निर्माता समूह एनएसओ ग्रुपबाट अत्याधुनिक सफ्टवेयर किनेको स्विकारेका हुन्। तर उनले यो सफ्टवेयर राजनीतिक प्रतिस्पर्धीहरुलाई लक्षित गरिएको भन्ने आरोपलाई भने अस्विकार गरेका छन्।

पोल्यान्डको सत्तारुढ कन्जर्भेटिभ पार्टी ल एन्ड जस्टिसका नेता काजिन्स्कीले एउटा अन्तरवार्ताका क्रममा थुप्रै देशका जासूसी संस्थाले अपराध तथा भ्रष्टाचार रोक्नका लागि पेगासस सफ्टवेयरको प्रयोग गरिरहेका बताए।

उनले यसअघिका निगरानी प्रविधिलाई जित्नेगरी डाटा इन्क्रिप्शन गर्ने प्रवृत्ति बढेपछि यस्ता स्पाइवेयरको प्रयोग बढेको पनि औंल्याए। यो प्रविधिले फोन ह्याक गरेर अधिकारीहरुलाई सञ्चार तथा इन्क्रिप्शन नगरिएका रियल टाइम मेसेजहरुमा पनि पहुँच राख्न सक्ने बनाउँछन्।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार