
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले १०८ मेगापिक्सेल क्यामरायुक्त रेडमी नोट ११एस छिट्टै ल्याउने भएको छ।
कम्पनीले गत वर्ष नोट १०एसलाई बजेट रेन्जमा प्रस्तुत गरेको थियो जसमा ६४ मेगापिक्सेलको क्यामरा राखिएको थियो। अब भने कम्पनीले त्यसैको अपग्रेडका रुपमा रेडमी नोट ११एस सार्वजनिक गर्ने तयारी गरेको हो।
यो स्मार्टफोन हालै अमेरिकाको सर्टिफिकेशन साइट एफसीसीमा सूचीकृत गरिएको छ।
९१मोबाइलका अनुसार यो स्मार्टफोन फाइभजी नेटवर्क सपोर्टयुक्त हुनेछ। यसलाई एफसीसीमा मोडल नम्बर २२०१११७टीवाई को नाममा सूचीकृत गरिएको छ।एफसीसी लिस्टिङमा यो फोनका केही विवरण दिइएको छजस
अनुसार यसको स्टोरेज तथा र्यामका साथै कनेक्टिभिटी फिचरका बारेमा जानकारी पाउन सकिन्छ।
विवरण अनुसार रेडमी नोट ११एस फाइभनजीमा एन्ड्रोइड ११ मा आधारित एमआईयूआई १३ का साथै ६/६४, ६/१२८ र ८/१२८ जीबी गरी तीन स्टोरेज भेरियनेट आउनेछन्।
यसअघि यो स्मार्टफोन थुप्रै सर्टिफिकेशन साइटमा देखा परिसकेको छ जसमा भारतीय सर्टिफिकेशन साइट बीआईएस पनि पर्दछ।
यसबाहेक एलसीडी वा एमोलेड डिस्प्ले, १०८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप, मिडियाटेकको डाइमेन्सिटी प्रोसेसरसहित आउन सक्ने आकलन गरिएको छ।
प्रकाशित: २५ पुष २०७८, आईतवार