
काठमाडौं ।
नासाले मिन राशीका नक्षत्रमा पृथ्वीबाट लगभग २१ करोड ५० लाख प्रकाश-वर्ष टाढा अवस्थित आकाशगंगाहरूको एक आश्चर्यजनक ब्रह्माण्डीय जोडीको तस्बिर साझा गरेको छ। गहिरो अन्तरिक्षको रहस्यहरू अध्ययन गर्न तैनाथ रहेको नासाको हालको वर्कहोर्स हबल टेलिस्कोपले उक्त तस्बिरलाई क्लिक गरेको हो।
नासाले भनेको छ, “आकाशगंगाहरू एकअर्कामा समाहित भएको देखिन्छ, तर वास्तविकतामा, दुई टाढा छन्। मुख्य स्पाइरल आकाशगंगालाई एनजीसी १०५ (NGC 105) भनिन्छ र यसको लामो छिमेकीले यसको छेउमा छोएको जस्तो देखिन्छ।
हबल स्पेस टेलिस्कोप, नासा र ईसीएको संयुक्त परियोजना, १९९० मा सुरु भएको थियो र त्यस बेलादेखि ब्रह्माण्डको अध्ययन गरिरहेको छ। ब्रह्माण्डमा यसको निरन्तरको दृश्यको कारण, टेलिस्कोपले अहिलेसम्म १३ लाख भन्दा बढी अवलोकनहरू गरिसकेको छ, जसमा टाढाको आकाशगंगाहरू पत्ता लगाउने समेत समावेश छ। यसले खगोलविद्हरूलाई ब्रह्माण्डको उमेर निर्धारण गर्न र सौर्यमण्डलका ग्रहहरूमा नजर राख्न मद्दत गरेको छ।
“यस हप्ताको तस्बिरले ग्यालेक्सीहरूको एक शानदार ब्रह्माण्डीय जोडी देखाउँछ,” नासाले भन्यो, “दुईवटा आकाशगंगाहरू तस्बिरमा देखिने भन्दा धेरै टाढा छन्।”
फ्रान्सेली खगोलशास्त्री एडुआर्ड स्टेफनले सन् १८८४ मा पहिलो पटक एनजीसी १०५ फेला पारेका थिए। यसको लामो छिमेकीको बारेमा अहिलेसम्म धेरै जानकारी उपलब्ध छैन।
यो तस्बिर खिच्नको लागि, हबल टोलीले “दुई आकर्षक खगोलीय घटनाहरू समावेश गर्ने नजिकैको आकाशगंगाहरूको परीक्षण गर्ने हबल मापनहरूको एक विशाल संग्रह” प्रयोग गरेको छ।
यी दुई घटनाहरू ‘सेफिड भेराइबल स्टार्स’ हुन्, जसलाई पल्सेटिंग स्टार्स पनि भनिन्छ, र प्रलयकारी सुपरनोभा विस्फोटहरू, जुन ठूलो ताराको मृत्यु पछि हुन्छ।
यी घटनाहरू किन महत्त्वपूर्ण छन्? भन्ने प्रश्न आउन सक्छ। तिनीहरूले खगोलशास्त्रीहरूलाई विभिन्न ब्रह्माण्डीय वस्तुहरू बीचको दूरी मापन गर्न मद्दत गर्छन्। यसले ब्रह्माण्ड कसरी विस्तार भइरहेको छ भन्ने राम्रोसँग बुझ्न सकिन्छ।
हबलले प्राय: यसद्वारा खिचिएका चाखलाग्दो आकाशीय वस्तुहरूको शानदार तस्बिरहरू साझा गर्दछ। लगातार ३० वर्ष भन्दा धेरै समयदेखिको प्रयोगपछि यो रिटायर हुँदैछ र यसको स्थान जेम्स वेब टेलिस्कोपले लिनेछ।
प्रकाशित: २५ पुष २०७८, आईतवार