मुक्तिनाथ विकास बैंकको डेबिट कार्डबाट जुनसुकै बैंकको एटिएममा रकम झिक्दा पैसा नलाग्ने

  • Technology Khabar | २४ पुष २०७८, शनिबार
मुक्तिनाथ विकास बैंकको डेबिट कार्डबाट जुनसुकै बैंकको एटिएममा रकम झिक्दा पैसा नलाग्ने

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकको एटिएम कार्ड (डेबिट कार्ड) प्रयोग गरी जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्दा कुनै शुल्क नलाग्ने भएको छ।

बैंकले आफ्नो एटिएम सेवालाई थप परिष्कृत गर्दै फ्रि एटिएम सेवा सुरु गरेको हो।

योसँगै मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड होल्डर (सेवाग्राही) ले बिना कुनै अतिरिक्त शुल्क नेपालको कुनै पनि भिसा नेटवर्क अन्तरगतको बैंकको एटिएम बुथबाट रकम झिक्न सिकिने बैंकले जनाएको छ।

बैंकले यस्तो सुविधा समयअनुसार थप परिष्कृत गर्दै लैजाने बताएको छ।

प्रकाशित: २४ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार