भक्तपुरमा सीसीटीभी जडानका लागि एभरेस्ट बैङ्कको सहयोग

  • Technology Khabar | २४ पुष २०७८, शनिबार
भक्तपुरमा सीसीटीभी जडानका लागि एभरेस्ट बैङ्कको सहयोग
सांकेतिक तस्बिर

काठमाडौं ।

भक्तपुरमा सीसीटीभी जडानका लागि एभरेस्ट बैङ्कले एक लाख रुपियाँ सहयोग प्रदान गरेको छ।

बैङ्कका सञ्चालक समिति सदस्य नवीनभक्त श्रेष्ठले भक्तपुर सीसीटीभी जडान समितिका सचिव पदमलाल शिलाकारलाई महानगरीय प्रहरी परिसर भक्तपुरको कार्यालयमा एक कार्यक्रममा चेक हस्तान्तरण गरे।

कार्यक्रममा बैङ्कका तर्फबाट बजार व्यवस्थापन विभाग प्रमुख पुष्पराज उप्रेती र समितिको तर्फबाट सदस्य–सचिव प्रहरी नायब उपरीक्षक राजु पाण्डेको समेत उपस्थिति रहेको थियो। गोरखापत्र

प्रकाशित: २४ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार