
काठमाडौं ।
सूचना प्रविधिका क्षेत्रमा धादिङको ज्वालामुखी गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेको छ।
देशैभरका स्थानीय तहका विभिन्न सातवटा सूचकका आधारमा लेखाजोखा गर्दा ज्वालामुखी गाउँपालिकाले सूचना प्रविधि क्षेत्रमा धादिङ जिल्लामा पहिलो र देशभरमा चौथो स्थान प्राप्त गरेको हो ।
नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै सूचना प्रविधिमा गाउँपालिकाले जोड दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले बताए।
विद्युतीय सरकार एवं सुशासनको अवधारणालाई कार्यान्वयन गर्न गाउँपालिकाले विशेष योजना बनाएको भन्दै लम्सालले सूचना प्रविधिलाई ग्रामीण जनस्तरमा पुर्याई यसको प्रयोगबाट प्राप्त हुने लाभमा सबैको पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए। गोरखापत्रबाट
प्रकाशित: २४ पुष २०७८, शनिबार