वैश्विक चिप अभावका बावजूद सामसङको नाफा ५२ प्रतिशतले बढ्ने

  • Technology Khabar | २४ पुष २०७८, शनिबार
वैश्विक चिप अभावका बावजूद सामसङको नाफा ५२ प्रतिशतले बढ्ने

काठमाडौं ।

सामसङ इलेक्ट्रोनिक्सले सन् २०२१ को अन्तिम त्रैमासमा वैश्विक चिप अभावका बावजूद ५२ आफ्नो नाफामा ५२ प्रतिशतले बढोत्तरी हुने आकलन गरेको छ।

विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता कम्पनीका रुपमा रहेको सामसङले यो अवधिमा १३.८ ट्रिलियन वोन अर्थात् साढे ११ अर्ब डलर कमाइ गरेको बताइएको छ।

यो आँकडा कम्पनीको चोथो त्रैमासको कमाइ चार वर्षयताकै सर्वाधिक रहेको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीको आम्दानी यति धेरै बढ्नुमा सर्भर मेमोरी चिपको अत्यधिक माग तथा चिप कन्ट्र्याक्ट निर्माणमार्फत् उच्च नाफाको मार्जिनका कारण रहेको कम्पनीले जनाएको छ।

‘पर्सनल कम्प्युटर तथा इलेक्ट्रोनिक्स सामानको कीर्तिमानी मागका कारण सामसङले आफ्नो नाफाको स्तर निकै बढाउनेछ’, प्रविधि विश्लेषक साम रेनल्ड्सले बीबीसीलाई बताए।

उनले यी बाहेक मुद्रामा आएको उतारचढावले पनि नाफा बढाउन सहयोग गरेको थपे। उनले भने, ‘कोरियाली वोन लगातार रुपमा अवमूल्यन हुँदै गएकाले यसले कोरियाली सामान विश्व बजारमा निर्यात गर्न अझ सहज र फाइदाजनक भएको छ।’

प्रकाशित: २४ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार