
काठमाडौं ।
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउससँग जोडेको छ। भुक्तानी प्रणालीलाई डिजिटल माध्यममा लैजाने उद्देश्यका साथ कम्पनीले बुधबार क्लियरिङ हाउससँग सम्झौता गरेको हो।
सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत युगेश भक्तबादे श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका सीईओनीलेश मानसिंह प्रधानले हस्ताक्षर गरेका छन्।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ।
यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, टेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्ने बताईएको छ।
प्रकाशित: २१ पुष २०७८, बुधबार