सोनीले सीईएस २०२२ मा क्वान्टम डट ओएलईडी र मिनी एलईडी टीभी सार्वजनिक गर्ने

  • Technology Khabar | २१ पुष २०७८, बुधबार

काठमाडौं ।

जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले सीईएस २०२२ मा पहिलो क्वान्टम डट ओएलईडी टीभी सार्वजनिक गर्ने भएको छ।

ओएलईडी क्षेत्रमा वर्षोको खोज अनुसन्धानपछि कम्पनीले क्वान्टम डट तथा मिनी एलईडी टीभी ल्याउन सफल भएको हो।

सोनीले आफ्नो ब्राभिया एक्सआर सिरिजमा अझ धेरै नयाँ फिचरहरुसहित विस्तार गरेको छ। तीमध्ये मास्टर सिरिज ए९५के एउटा हो। यो टीभीमा फोरके क्यूडी-‌ओएलईडी प्यानल दिइएको छ भने ६५ र ५५ इन्चको साइजमा उपलब्ध छ।

यसमा उल्लेख्य कुरा के छ भने ए९५के मा लगाइएको क्यूडी ओएलईडी प्यानल सामसङ डिस्प्लेले निर्माण गरेको हो।

सोनीको अन्य ए९०के तथा ए८०के मा भने एलजी डिस्प्लेद्वारा निर्मित रेगुलर ओएलईडी मात्र दिइएको छ।

ओएलईडी सोनीको निकै लामो समयदेखिको मनपर्ने प्रविधि हो। तर २०२२ को शुरुवातमा भने कम्पनीले यो प्रविधिलाई छोडेर नयाँ मिनि एलईडी प्रविधितिर हात हालेको छ।

कम्पनीले आफ्नो पहिलो मिनी एलईडीका रुपमा सार्वजनिक गर्न लागेको जेड९के सिरिज ७५ तथा ८५ इन्चमा उपलब्ध छ भने एक्स९५के भने ६५, ७५ र ८५ इन्चमा ल्याइएको छ।

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया