“हल्ट प्राइज आइओइ” को दोश्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • Technology Khabar | २० पुष २०७८, मंगलवार
“हल्ट प्राइज आइओइ” को दोश्रो अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं ।

क्याम्पस अन्तर्गत “हल्ट प्राइज आइओइ” को दोश्रो अभिमुखीकरण कार्यक्रम थापाथली क्याम्पसमा सम्पन्न भएको छ। पुस १८ गते थापाथली क्याम्पस परिसरमा “अमेसियन” को सहयोगी हातसँगै अभिमुखीकरण आयोजना गरिएको हो।

प्रथम अभिमुखीकरण कार्यक्रममा समाबेश भैसकेका तथाप्राथमिक रुपमा हल्टमा थापाथली क्याम्पसबाट प्रतिनित्व गरेका आयुष दुलाल*ले हल्टको विषयवस्तुमा केही भनाइहरु राख्दै सबै माझ प्रतियोगी भावना बिकाश हुनुपर्ने बताए।

कार्यक्रममा हल्ट प्राइजको बारेमा थप प्रकाश पार्दै क्याम्पस प्रबन्धक र निर्देशकले कार्यक्रमका विभिन्न चरण, योग्यता र प्रक्रियाहरु बारे जानकारी दिएका थिए। लगत्तै हल्टले आयोजना गर्ने उद्यमशील वार्ता, कार्यशाला, तालिमहरुबारे विवरण दिँदै आगामी भागहरुमा समावेश हुने सल्लाह उनीहरुले दिए।

क्याम्पस अन्तर्गत “इ.स.अ. हल्ट प्राइज” विश्वव्यापी टप-२० मान्यता पाप्त कार्यक्रम भएको र यसपालिको प्रतिस्पर्धामा नेपाली टोलीहरुलाई क्षेत्रीयदेखि अन्तिम प्रतिस्पर्धासम्म पुर्याउने लक्ष्य रहेको बताए।

अन्तरक्रियात्मक कार्यक्रममा हल्टका पूर्ववर्ती परियोजना, प्रमाणपत्र, नमुनाहरुको समानता, प्रक्रिया आदि बारे थुप्रै जिज्ञासाहरु विद्यार्थीहरुबाट प्रस्तुत भएका थिए। विद्यार्थीहरुको प्रश्नहरुको जवाफ दिँदै प्रबन्धकले सबै विषयवस्तुको व्याख्या गरेको आयोजकले जनाएको छ।

* थर सच्याईएको ।

प्रकाशित: २० पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...