
काठमाडौं ।
जापानी अटोमेकर टोयोटा मोटर कर्पले २०२५ सम्ममा आफ्नो सवारी साधनका लागि अटोनोमस ड्राइभिङ जस्ता एडभान्स अपरेसनहरु ह्यान्डल गर्न सक्षम हुने आफ्नै अपरेटिङ सिस्टम सुरु गर्ने योजना बनाएको छ ।
जापानी मिडिया निकाइकाअनुसार टोयोटाको नयाँ योजनाको बारेमा रिपोर्ट गरेको हो।
पछिल्लो समयमा सफ्टवेयरले सवारी साधनहरूमा बढ्दो भूमिका खेलिरहेको छ, जसमा इलेक्ट्रिक मोटरहरू र ब्याट्रीहरू प्रबन्ध गर्नदेखि लिएर अटोनोमस ड्राइभिङ, मनोरञ्जन र नेभिगेसन जस्ता समर्थन कार्यहरूमा उपयोग भईरहेका छन्।
टोयोटाको अटोमोटिभ सफ्टवेयर प्लेटफर्म ‘एरेन’ले जर्मन प्रतिद्वन्द्वीहरू फक्सवागन एजी, डेमलर एजीसँग प्रतिस्पर्धा गर्नेछ, फक्सवागनले आफ्नो ‘भीडब्लू ओएस’ सफ्टवेयरमा काम गरिरहेको छ र डेमलरले आफ्नै ‘मर्सिडिज-बेन्ज’ सन् २०२४ सम्म आफ्नो कारमा अपरेटिङ सिस्टम रोल आउट गर्ने योजना बनाएको छ।
जापानी कार निर्माताले सन् २०२५ सम्ममा आफ्नै सवारी साधनमा अपरेटिङ सिस्टम राख्ने लक्ष्य राखेको छ र भविष्यमा सुबारु जस्ता सम्बद्ध कम्पनीहरूलाई उपलब्ध गराउने योजना रहेको निकाइले उल्लेख गरेको छ।
टोयोटाले विद्युतीय वा सेल्फ ड्राइभिङ कारहरूमा काम गर्ने अन्य कार निर्माता र कम्पनीहरूलाई एरेन उपलब्ध गराउनको लागि लाइसेन्स मोडेलको बारेमा विचार गरिरहेको रिपोर्टमा जनाईएको छ। एजेन्सीहरुका साथ
प्रकाशित: २१ पुष २०७८, बुधबार