चिनियाँ केन्द्रिय बैंकद्वारा डिजिटल युआन वालेट एप सार्वजनिक

  • Technology Khabar | २१ पुष २०७८, बुधबार
चिनियाँ केन्द्रिय बैंकद्वारा डिजिटल युआन वालेट एप सार्वजनिक

काठमाडौं ।

चीनले मोबाइल फोन एप स्टोरहरूमा डिजिटल युआन वालेट एप्लिकेसनको पाइलट संस्करणहरू जारी गरेको छ। देशको केन्द्रीय बैंकले आफ्नै डिजिटल मुद्रा विकास गर्नको लागि पहल गरिरहेको छ।

पिपुल्स बैंक अफ चाइना, डिजिटल मुद्रा अनुसन्धान संस्थान द्वारा विकसित ” ई-सीएनवाई (पाइलट संस्करण)” एप, मंगलबार सांघाईमा चिनियाँ एन्ड्रोइड र एप्पल एप स्टोरहरूमा डाउनलोडको लागि उपलब्ध भएको थियो।

एपमा रहेको सूचनाले यो अनुसन्धान र विकासको पाइलट चरणमा रहेको र प्रमुख स्वदेशी बैंकहरू सहित ई-सीएनवाई (e-CNY) सेवाहरू प्रदान गर्ने समर्थित संस्थाहरूमार्फत चयन गरिएका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध रहेको बताएको छ।

चीनको केन्द्रिय बैंकका गभर्नर यी गङ्गले नोभेम्बरमा चीनले आफ्नो केन्द्रीय बैंक डिजिटल मुद्राको विकासलाई अगाडि बढाउने र यसको डिजाइन र प्रयोगमा सुधार गर्न जारी राख्ने बताएका थिए । यसका साथै विद्यमान भुक्तानी उपकरणहरूसँग यसको अन्तरसञ्चालन क्षमता बढाउने जानकारी दिएका थिए।

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...