सामसङले विश्वको सबैभन्दा पातलो स्मार्ट डिस्प्ले एम८०बी सार्वजनिक गर्ने

  • Technology Khabar | २१ पुष २०७८, बुधबार
सामसङले विश्वको सबैभन्दा पातलो स्मार्ट डिस्प्ले एम८०बी सार्वजनिक गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली इलेक्ट्रोनिक्स जायन्ट सामसङले विश्वकै सबैभन्दा पातलो डिस्प्लेयुक्त मनिटर सार्वजनिक गर्ने भएको छ।

सीईएसको आधिकारिक वेबसाइटले हालै कम्पनीको एम८०बी नामक उक्त मनिटरका बारेमा विवरणहरु राखेको हो।

हालै बाहरिरिएका रिपोर्टहरुका अनुसार सामसङ एम८०बी मनिटरमा अल्ट्रा थिन अप्टिकल प्रविधिका साथै अल्ट्रा थिन डिजाइनका लागि साना साना पार्टपुर्जाहरु प्रयोग गरिएका छन्।

यसको डिजाइन निकै पातलो भए पनि डिस्प्लेमा बेजल निकै साँघुरो रहेको छ। सामसङले यो डिजाइनमा सबैखाले अनावश्यक पार्टपुर्जाहरुलाई हटाइएको दावी गरेको छ।

यसका लागि कम्पनीले यसको पुन: डिजाइन गर्नुका साथै अनावश्यक ठानिएका फिचरहरुलाई बुद्धिमतापूर्वक हटाउने वा घटाउने गर्नुपरेको थियो।

कम्पनीले यी नयाँ प्रविधियुक्त मनिटरका साथमा डिस्प्लेका क्षेत्रमा आफ्नो नेतृत्व कायम गर्न खोजेको बुझिएको छ। एम८०बी बाहेक कम्पनीले उच्च रेजोल्युशनयुक्त एस८ मनिटर तथा अडिसी निओ जी८ मनिटर पनि ल्याउने भएको छ।

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...