अमेरिकाका मुख्य फोन सेवा प्रदायकहरुद्वारा फाइभजी विस्तारमा ढिलाइको प्रस्ताव अस्विकार

  • Technology Khabar | १९ पुष २०७८, सोमबार

काठमाडौं ।

अमेरिकाका ठूलामध्ये २ दूरसञ्चार सेवा प्रदायक संस्थाहरुद्वारा सरकारले फाइभजी विस्तारमा ढिलाइ गर्न गरेको आग्रह अस्विकार गरेका छन्।

अमेरिकी यातायात सचिव पेट बुट्टिगिएग तथा संघीय उड्डयन प्रशासन एफएएले उड्डयन क्षेत्रमा आउनसक्ने समस्यालाई मध्यनजर गर्दै यस्तो आग्रह गरेका थिए।

तर एटीएन्डटी र भेरिजोनले आफूहरुले अस्थायी सुरक्षा अपनाएर काम शुरु गर्ने बताएका हुन्। विमान निर्माता कम्पनीहरुले सी ब्यान्डको फाइभजी वायरलेस सिग्नलले उडान नै प्रभावित बनाउने गरी विमानका गम्भीर इलेक्ट्रोनिक्स उपकरणहरुमा प्रभाव पार्नसक्ने चेतावनी दिएका छन्।

एउटा संयुक्त पत्र जारी गर्दै एटीएन्डटी तथा भेरिजोनका अधिकारीहरुले जनवरी ५ मा शुरु हुने तय गरिएको फाइभजी विस्तारको काम १५ दिन पर सार्न गरिएको आग्रह सञ्चार नेटवर्कका क्षेत्रमा विश्वकै उत्कृष्ट तथा प्रतिस्पर्धात्मक काममा गैर जिम्मेवार तरिकाले नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।

प्रकाशित: १९ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार