जरिबाना भएपछि ह्वाट्सएपले गोपनीयता नीतिमा हेरफेर गर्ने

  • Technology Khabar | १८ पुष २०७८, आईतवार
जरिबाना भएपछि ह्वाट्सएपले गोपनीयता नीतिमा हेरफेर गर्ने

काठमाडौं ।

ह्वाट्सएपले डाटा सुरक्षासम्बन्धमा ठूलो जरिबाना तिर्नुपरेकाले आफ्नो गोपनीयता नीतिमा फेरबदल गर्ने भएको छ।

एउटा अनुसन्धानलाई आधार बनाएर आयरल्यान्डको डाटा सुरक्षा अनुगमन संस्थाले ह्वाट्सएपमाथि २२ करोड ५० लाख यूरो जरिबाना तिराएको थियो।

यो रकम जनरल डाटा प्रोटेक्शन रेगुलेशन अर्थात् सामान्य डाटा सुरक्षा नियमावली अन्तर्गत गरिएको इतिहासकै ठूलो जरिबाना रकम भएको र यससँगै उसलाई आफ्ना गोपनीयता नीति परिवर्तन गर्न पनि आदेश दिइएको थियो।

ह्वाट्सएपले उक्त जरिबानाका विरुद्ध पुनरावेदन गरिरहेको छ भने त्यसै क्रममा यूरोप र बेलायतमा आफ्ना नीति दस्तावेजहरुमा फेरबदल गर्न लागेको छ।

तर कम्पनीले गोपनीयता नीतिमा परिवर्तन गरे पनि आफ्ना मुख्य सेवाहरुमा कुनै परिवर्तन नहुने जनाएको छ।

कम्पनीका अनुसार यी परिवर्तनहरु हाल भइरहेका व्यवहारमा थप विवरण प्रदान गर्नका लागि गरिएको र यिनीहरु गोपनीयता नीतिको यूरोपेली भर्सनमा मात्र लागू हुनेछ। यूरोपेली भर्सन अहिले पनि बाँकी विश्वमा रहेका नीतिभन्दा फरक रहेको छ।

प्रकाशित: १८ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...