सामसङद्वारा अघिल्लो वर्षको तुलनामा ४ गुणा फोल्डेबल फोन बिक्री

  • Technology Khabar | १७ पुष २०७८, शनिबार
सामसङद्वारा अघिल्लो वर्षको तुलनामा ४ गुणा फोल्डेबल फोन बिक्री

काठमाडौं ।

सामसङले यो वर्ष अघिल्लो वर्षको तुलनामा ४ गुणा बढी फोल्डेबल स्मार्टफोन बिक्री गरेको छ।

कम्पनी फोल्डेबल फोनका क्षेत्रमा अग्रणी रहँदै आएको भए पनि तेस्रो जेनेरेशनका फोल्डेबल डिभाइस सार्वजनिक गरेपछि उपभोक्ताको ग्रहण बढेकाले राम्रो सफलता हात पारेको हो।

कम मूल्य, सुधारिएको डिजाइन तथा एस पेन सपोर्टजस्ता फिचरका कारण अघिल्लो वर्षको तुलनामा कम्पनीले यो वर्ष ४ गुणा बढी फोल्डेबल स्मार्टफोन बिक्री गर्न सफल भएको बताइएको छ।

यो आँकडा विश्लेषकहरुले प्रक्षेपण गरेभन्दा तीन गुणा धेरै हो। सामसङले जेड फोल्ड ३ तथा जेड फ्लिप ३ को बिक्री शुरु गरेको महिना दिनमै सन् २०२० भरी बिक्री भएको फोल्डेबल फोनको सङ्ख्यालाई उछिनेको थियो।

यो प्रवृत्ति कम्पनीका लागि उत्साहप्रद रहेको र आउँदा दिनमा अझ राम्रा उत्पादन ल्याउन प्रोत्साहन गरेको कम्पनीको भनाइ छ।

सामसङको तेस्रो जेनेरेशन डिभाइसहरुमा अघिल्ला मोडल चलाउने यूजरहरुको सुझावलाई आत्मसात् गरिएको छ। यसै हिसाबले जेड फ्लिप ३ को ठूलो कभर डिस्प्ले, जेड फोल्ड ३ मा एस पेन सपोर्ट, सुधारिएको बाहिरी र भित्री डिस्प्ले, सुधारिएको सफ्टवेयर तथा आईपीएक्स८ वाटर रेजिस्टेन्ट फिचर प्रयोग गरिएका हुन्।

जेड फ्लिपको मूल्य १ हजार डलर भएपछि यसमा अन्य ब्रान्ड छोडेर आउनेको सङ्ख्या ग्यालेक्सी नोट २० को तुलनामा १५० प्रतिशतले बढी रहेको कम्पनीको अनुभव छ। यसैमा एस२१ को तुलनामा १४० प्रतिशतको स्विच रहेको पाइएको छ।

प्रकाशित: १७ पुष २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...