सीजी नेट अब काठमाडौंभर उपलब्ध, चाहिएको बेला नै सेवा दिन सक्ने

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
सीजी नेट अब काठमाडौंभर उपलब्ध, चाहिएको बेला नै सेवा दिन सक्ने

काठमाडौं ।

अब काठमाडौंका सबै भेगमा सीजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा बिस्तार गरेसँगै काठमाडौंका सबै भेगमा सीजी नेट उपलब्ध हुने भएको हो।

सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले अब काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन आफुहरु सक्षम भएको जानकारी दिए।

‘हामी काठमाडौंका सबै नागरिकलाई चाहिएको बेला नै सेवा दिन सक्ने भएका छौं’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने, ‘सस्तो मुल्यमा उच्च गतिको गुणस्तरीय सेवा दिएकैले हामी छोटो समयमै लोकप्रिय भएका हौं।’

इन्टरनेट प्रयोगकर्ताले सीजी नेटप्रति देखाएको विश्वासले आफुहरुलाई हौसला प्रदान गर्दै थप जिम्मेवार बनाएको पनि उनले बताए।

९ सय ९९ रुपैयाँमै १२० एमबीपीएस गति सहितको योजनाले सुरुवातबाटै चर्चा बटुल्न सफल सीजी नेटले ६ सय ४९ रुपैयाँमै पचास एमबीपीएसको गतिमा इन्टरनेट दिने ‘सुपर सस्तो प्याकेज’ पनि ल्याएको छ। नयाँ प्याकेज ल्याएपछि बजारमा माग व्यापक बढेको कम्पनीले जनाएको छ।

गत जेठमा काठमाडौंका सिमित क्षेत्रबाट इन्टरनेट सेवाको सुरुवात गरेको सीजी नेटले हाल आफुलाई काठमाडौंका सबै भुभागमा पुर्याउँदा ग्राहक संख्या दश हजार नाघेको छ।

सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेहरुको लागि सीजी नेट सबैभन्दा उपयुक्त विकल्प रहेको कम्पनीको दाबी छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...