सामसङले एक्जिनोस २२०० चिपसेट आगामी जनवरी ११ मा सार्वजनिक गर्ने

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
सामसङले एक्जिनोस २२०० चिपसेट आगामी जनवरी ११ मा सार्वजनिक गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो एक्जिनोस २२०० चिपसेट आगामी जनवरी ११ मा सार्वजनिक गर्ने भएको छ।

केही समयअघि आफ्नै जीपीयू निर्माण गर्नका लागि एएमडी र एनभिडियासँग सहकार्य हुन नसकेपछि अब भने कम्पनीले एप्पलले जस्तै आफैं डिजाइन गरेर जीपीयू ल्याउन लागको हो।

यस क्रममा क्यालिफोर्नियाको एउटा डिजाइन टोलीले सामसङले एक्जिनोसमा प्रयोग गर्दै आएको एआरएमको माली जीपीयूका लागि वैकल्पिक ग्राफिक्स कोर डजाइन गर्न क्वालकम, एएमडी तथा एनभिडियाबाट विज्ञ नियुक्ति गर्न लागेका बुझिएको छ।

सामसङले फ्ल्यागशिप जीपीयू निर्माण गर्ने लक्ष्य लिएको र अनुभवका लागि यसको शुरुवात सस्तो डिजाइन निर्माण गर्ने बताएको छ। यसको दोस्रो जेनेरेशन जीपीयू हाइ-इन्ड मोबाइल तथा स्वचालित कार र मेशिन लर्निङमा प्रयोग हुने बुझिएको छ।

https://twitter.com/SamsungDSGlobal/status/1476538560861794305

सामसङको मंगूजकोरले प्रतिस्पर्धी कर्टेक्स-ए कोरलाई उछिन्ने भए पनि यसका लागि उसले एआरएमको भर पर्नुपर्ने स्थिति भने घटाउनुपर्ने देखिन्छ। यसो भएमा एप्पलले आफ्ना इन हाउस मोडमका लागि क्वालकम र इन्टेलको सहारा लिनुपरेको अवस्थामा निकै महत्वपूर्ण हुन सक्ने आकलन गरिएको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung hints at a new AI-Driven smartphone experience

  • १६ पुष २०७८, शुक्रबार

China successfully launches reusable experimental spacecraft

  • १६ पुष २०७८, शुक्रबार

EU warns Meta it must open up WhatsApp to rival AI chatbots

  • १६ पुष २०७८, शुक्रबार