
काठमाडौं ।
जनवरी १, २०२२ देखि भारतमा स्विगी र जोमाटोबाट खानेकुरा अर्डर गर्दा रेस्टुरेन्ट डाइन-इन अर्डरहरू जस्तै गरी कर लाग्ने भएको छ। ग्राहकहरूले अनलाइन खाना डेलिभरी प्लेटफर्महरूमा राखिएका सबै अर्डरहरूमा ५ प्रतिशत वस्तु तथा सेवा कर (जिएसटी) तिर्नुपर्नेछ।
अहिलेसम्म, सबै रेस्टुरेन्टहरूले खानाको अर्डरमा कर तिर्दैनन्, र यसले भारत सरकारलाई राजस्व घाटा पुर्याइरहेको थियो। तर स्विग्गी, जोमाटो र अन्य खाद्य वितरण कम्पनीहरूलाई खाद्य अर्डरमा ५ प्रतिशत जिएसटी सङ्कलन गर्न लागू गरेर भारतको केन्द्र सरकारले कुनै पनि कर राजस्व नगुमाउने लक्ष्य राखेको भारतीय मिडियाहरुले जनाएका छन।
रिपोर्टहरुकाअनुसार स्विगी र जोमाटो जस्ता खाना वितरण प्लेटफर्महरूलाई ५ प्रतिशत जिएसटी सङ्कलन गर्न र सिधै कोषमा तिर्ने प्रस्तावलाई जीएसटी काउन्सिलले सेप्टेम्बर १७,२०२१ मा भएको ४५ औं बैठकमा स्वीकार गरेको थियो।
रेस्टुरेन्टहरूले पकाएको खाना नै अनलाइन खाना वितरण गर्ने कम्पनीहरुले डेलिभरी गर्ने हुँदा सो निर्णय लिइएको बताईएको छ। हाल, कर विभागले रेस्टुरेन्टहरूद्वारा बेच्ने पकाएको खाना अर्डरमा ५ प्रतिशत जिएसटी लगाउँछ।
अहिलेसम्म, जोमाटो र स्विगीले ग्राहकहरूबाट रेस्टुरेन्टहरूको तर्फबाट जिएसटी उठाउने गर्थे। सङ्कलन गरिएको सो कर रेस्टुरेन्ट साझेदारहरूलाई दिइने गरेको थियो जसले सरकारलाई जिएसटी तिर्ने गर्दथे।
प्रकाशित: १६ पुष २०७८, शुक्रबार