ह्वावे मेट एक्स२ कलेक्टर्स एडिशन चीनमा बिक्री शुरु

  • Technology Khabar | १६ पुष २०७८, शुक्रबार
ह्वावे मेट एक्स२ कलेक्टर्स एडिशन चीनमा बिक्री शुरु

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले आफ्नो मेट एक्स२ कलेक्टर्स एडिशन स्मार्टफोनको बिक्री चीनमा शुरु गरेको छ।

कम्पनीले अघिल्लो महिना पछाडिपट्टि छालाको कभर राखिएको मेट एक्स२ फोल्डेबल फोनको प्रिमियम एडिशनको घोषणा गरेको थियो।

यो डिभाइसलाई कलेक्टर्स एडिशन नाम दिइएको छ भने यो कालो, सेतो तथा रातो रंगमा आउने बुझिएको छ। यसै डिभाइसको बिक्री कम्पनीले लिमिटेड एडिशन फोल्डेबलका रुपमा चीनमा शुरु गरेको हो।

यो डिभाइस मा १२ जीबी र्याम तथा ५१२ जीबी आन्तरिक स्टोरेजमा उपलब्ध हुने र यसको शुरुवाती मूल्य १९ हजार ६९९ चिनियाँ यूआन् अर्थात् ३ हजार ९० डलर तोकिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रिमियम ब्याक फिनिसबाहेक ह्वावेले बाहिरी स्क्रीनलाई अझ मजबुत बनाउन नानो-क्रिस्टलाइनयुक्त ग्लास प्रयोग गरेको छ।

डिभाइसको अन्य स्पेसिफिकेशनमा स्ट्यान्डर्ड भर्सनमा झैं ८ इन्चको फुल एचडी+ ओएलईडी डिस्प्ले रहेको र यसको रिफ्रेश रेट ९० हर्ज रहने बुझिएको छ।

यसबाहेक किरिन ९००० फाइभजी चिपसेट तथा ५० मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप रहनेछ। पावरका लागि ४५०० एमएएच ब्याट्री र ५५ वाट फास्ट चार्जिङ सपोर्टका साथमा हार्मोनीओएस२ पनि समावेश हुने बताइएको छ।

प्रकाशित: १६ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार