Technology Khabar ४ श्रावण २०७३, मंगलवार
काठमाडौं ।
काठमाडौं, ४ साउन । ह्वावेले नेपाली बजारमा सार्वजनिक गर्न लागेको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन पी नाइनको प्रि-बुकिंग शुरु गरेको छ ।
कम्पनीले यहि जूलाई २२ तारिखमा एक कार्यक्रमका बिच सार्वजनिक गर्न लागेको ह्वावे पी नाइन (Huawei P9) स्मार्टफोनको प्रि-बुकिंग आजदेखि शुरु गरेको हो ।
प्रि बुकिंग गर्ने ग्राहकहरुलाई कम्पनीले ब्राण्डेड लेदर पी नाइन फोन ब्याग र ३२ जीबीको एसडी कार्ड निशुल्क दिने उल्लेख गरेको छ । यो अफर प्रि बुकिंग गरेर पी नाइन किन्ने ग्राहकहरुले मात्र प्राप्त गर्नेछन् ।
कम्पनीले प्रि बुकिंगका लागि सम्पर्क नम्बर उपलब्ध गराएको छ र उक्त नम्बरबाट ह्वावे पी नाइन स्मार्टफोन बुकिंग गर्न सकिने उल्लेख छ ।
ह्वावेको यो स्मार्टफोन विश्व बजारमा यहि अप्रिलमा सार्वजनिक भएको थियो । हाल यो स्मार्टफोन सिमित देशहरुमा मात्र उपलब्ध रहेकोछ । छिमेकी मुलुक चीनमा यो फोन खरिदका लागी उपलब्ध भएपनि अर्को छिमेकी मुलुक भारतमा अझै सार्वजनिक भएको छैन् ।
कम्पनीले यो स्मार्टफोनको प्रि-बुकिंग आव्हान गरेपनि कति मूल्यमा प्रि-बुकिंग हुने हो र कसरी उक्त स्मार्टफोन लिन सकिन्छ केहि जानकारी छैन् ।
प्रि-बुकिंगको बारेमा
यो स्मार्टफोन आजबाट प्रि-बुकिंग शुरु भएको घोषणा कम्पनीले सार्वजनिक रुपमा नागरिक दैनिकमा विज्ञापन प्रकाशित गरेर गरेपनि उक्त फोन नम्बरमा सम्पर्क गर्दा फोन उठेन् । यो समाचार तयार पार्नु पहिले उक्त विज्ञापनमा दिईएका दुबै नम्बरहरु ०१-४२६९०९२ र ४२६८९६४ मा फोनको घण्टि गएपनि फोन उठेन् । यसले गर्दा यो फोनको प्रि-बुकिंगको बारेमा थप औपचारिक जानकारी हुन सकेन् ।
त्यस्तै यसको विज्ञापनमा दिईएको वेब लिंक टाइप गरेर इन्टरनेटमा खोज्दा भेटिंदैन् । समाचार तयार पार्दासम्म दिईएको वेव लिंकमा हामीले सर्च गरेर यसको बारेमा हेर्न खोज्दा यस्तो देखायो ।
तर कम्पनीले आफ्नो फेसबुक पेजमा राखेको लिंकमा जाँदा भने ह्वावेको प्रि बुकिंगको पेज आउँछ जुन सिरियसस्टारनेपाल डटकमको साईट पेज हो । यो पेज एड्समार्केट डटकम डटएनपीद्धारा संचालित रहेको छ । यो साइट एड्स मार्केट प्रालिको नाममा रहेको छ । जसले विभिन्न कम्पनीको लागि डिजिटल विज्ञापन गर्दछ ।
यो पनि हेर्नुहोस्-
हुवावेको ‘पी नाइन’ नेपाल आउँदै, जूलाई २२ तारिखमा सार्वजनिक हुने
प्रकाशित: ४ श्रावण २०७३, मंगलवार