
काठमाडौं ।
वनप्लस १० प्रो स्मार्टफोन लन्च हुने मिति खुलाइएको छ। यो फोन जनवरी ४ मा लन्च हुनेछ। कम्पनीले यो फोनको लागि प्रि रजिस्टर पनि सुरु गरिसकेको छ। वनप्लस १० प्रोलाई वनप्लस १० सँग सार्वजनिक गरिने बताइएको छ।
यसका सुविधाहरूको बारेमा कुरा गर्दा, यो फोनमा एलटीपीओ २.० डिस्प्ले हुनेछ भने क्वालकम स्न्यापड्रागन ८ जेन १ चिपसेटका साथ उपलब्ध हुनेछ। यसका साथै यसमा १२ जीबी र्याम र ८० वाट फास्ट चार्जिङ सपोर्ट पनि उपलब्ध गराइनेछ ।
वनप्लस १० प्रोको लागि प्रि रजिस्टर गर्न, प्रयोगकर्ताहरूले कम्पनीको आधिकारिक वेबसाइट र जेडी डटकम वेबसाइट भ्रमण गर्नुपर्नेछ।
यो स्मार्टफोन १,०६९ डलरमा लन्च हुन सक्ने अनुमान गरीएको छ।
यसमा ६.७ इन्चको क्यूएचडी प्लस (१४४०x३२१६ पिक्सेल) एमोलेड डिस्प्ले हुने सम्भावना छ। यो १२० हर्ज रिफ्रेस रेटसंग सुसज्जित हुनेछ। यसका साथै १२ जीबीसम्मको एलपीडीडीआर५ र्याम र २५६जीबी आन्तरिक स्टोरेज पनि हुनसक्नेछ। ब्याट्री ब्याकअपको कुरा गर्दा यसमा ५००० एमएएच ब्याट्रीका साथ ८० वाटको फास्ट चार्जिङ सपोर्ट आउनसक्नेछ।
प्रकाशित: १३ पुष २०७८, मंगलवार