माइक्रोसफ्ट सीईएसमा व्यक्तिगत उपस्थिति नहुने

  • Technology Khabar | ११ पुष २०७८, आईतवार
माइक्रोसफ्ट सीईएसमा व्यक्तिगत उपस्थिति नहुने

काठमाडौं ।

माइक्रोसफ्ट कर्पोरेशनले अमेरिकाको लस भेगासमा हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) २०२२ मा व्यक्तिगत रूपमा भाग नलिने बताएको छ। माइक्रोसफ्ट ओमिक्रोन कोभिड १९ को फैलावट तीव्र गतिमा भईरहेको चिन्ताको कारण अर्को महिनाको कार्यक्रममा भौतिक उपस्थिति नराख्ने कम्पनीहरूको सूचीमा सामेल हुनेछ।

अमेरिकी सफ्टवेयर जायन्टले सीईएसमा रिमोट सहभागी हुन जारी राख्ने बताएको छ।

अमेरिकी अटोमेकर जनरल मोटर्स, अल्फाबेटको गुगल र यसको सेल्फ-ड्राइभिङ अटो-टेक्नोलोजी कम्पनी वेमो, अमेजन डटकम इंक, फेसबुक पेरेन्ट मेटा प्लेटफर्म इंक, ट्विटर इंकसहित धेरै अन्य कम्पनीहरूले गत हप्ताको सुरुमा व्यक्तिगत उपस्थिति हुने योजनाहरू छोडेका छन्।

प्रकाशित: ११ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार