आईओएस १५.३ बिटा टेस्टर तथा वाचओएस ८.४ डेभलपरहरुका लागि उपलब्ध

  • Technology Khabar | ८ पुष २०७८, बिहीबार
आईओएस १५.३ बिटा टेस्टर तथा वाचओएस ८.४ डेभलपरहरुका लागि उपलब्ध

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले आईओएस १५.३ पब्लिक बिटा टेस्टरहरुका लागि उपलब्ध गराएको छ।

बिटा टेस्टर वा डेभलपर एकाउन्ट भएकाहरुले यो भर्सन तत्कालै डाउनलोड गर्न सक्ने बताइएको छ।

यसैगरी वाचओएस ८.४ भने डेभलपरहरुका लागि मात्र उपलब्ध गराइएको छ।

यी दुवै फर्मवेयर अपडेटको उद्देश्य सिस्टम स्टेबिलिटीमा सुधार गर्ने तथा यसअघिको भर्सनमा भएका केही समस्या अथवा बगको समाधान गर्ने रहेको छ।

तर यी दुवै अपडेटले कुनै भिजुयल परिवर्तन वा उल्लेख्य फिचर भने ल्याएका छैनन्।

बिटा भर्सनमा थुप्रै बग अर्थात् समस्याहरु हुने भएकाले यिनिहरुलाई दैनिक रुपमा प्रयोग गर्न भने सकिँदैन।

प्रकाशित: ८ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार