
काठमाडौं ।
डिसेन्ट्रल्यान्डमा एउटा कूटनीतिक कम्पाउन्ड बनिरहेको छ जुन एउटा अनलाइन विश्व अर्थात् मेटाभर्स हो। यसलाई एक्सेस गर्नका लागि कम्प्युटर वा रियालिटी हेडसेटको आवश्यकता पर्दछ।
हालै डिसेन्ट्रल्यान्डमा एउटा भर्चुअल वर्चुअल रियल इस्टेट २४ लाख ३० हजार डलरमा बिक्री गरिएको छ।
मेटाभर्स एउटा यस्तो भर्चुअल विश्व हो जहाँ एउटा छुट्टै प्रकारको अनुभव प्राप्त हुनेछ। सामान्य हिसाबले हेर्दा यो एउटा कम्प्युटरमार्फत् तयार गरिएको विश्व हो। तर यो साँच्चिकैको विश्वभन्दा पनि वास्तविक देखिन्छ।
मेटाभर्सलाई इन्टरनेटको दोस्रो चरण भन्दा अत्युक्ति नहोला।
हाल यही मेटाभर्सलाई लिएर विश्वको सबैभन्दा नयाँ गणराज्य बार्बाडोसले एउटा ठूलो घोषणा गररेको छ।
जम्मा ३ लाखको जनसङ्ख्या भएको क्यारेबियन द्वीपहरुको प्रमुख देश बार्बाडोस मेटाभर्समा पहिलो दूतावास खोल्ने भएको छ। यो दूतावासमा सबै काम कम्प्युटरमार्फत् घर बाटै हुनेछ। कुनै कार्यालय समय वा बैठकको आवश्यकता हुनेछैन।
क्रिप्टो एसेट म्यानेजमेन्ट फर्म ग्रेस्केलका अनुसार मेटाभर्समार्फत् ट्रिलियन डलर राजस्व आम्दानी गर्ने अवसर रहेको छ। बार्बाडोसले यसको फाइदा लिन चाहेको हो।
यस सम्बन्धमा बार्बाडोसको डिजिटल कूटनीतिको कार्यभार प्राप्त गरेका ग्याब्रियल एबेदले भर्चुअल दूतावास अबको आवश्यकता भएको बताएका छन्। मेटाभर्समा एकै झट्कमा आफैंलाई टेलिपोर्ट गर्न वा जहाँ चाह्यो त्यहीँ पुग्न सकिन्छ। उक्त स्थान कसैको कार्यालय साथीको घर वा चलचित्र हल जे पनि हुन सक्छ।
प्रकाशित: ७ पुष २०७८, बुधबार