जर्मनीको डिजिटल नक्शा निर्माता टमटमले फक्सवागनसँगको साझेदारी लम्ब्याउने

  • Technology Khabar | ७ पुष २०७८, बुधबार
जर्मनीको डिजिटल नक्शा निर्माता टमटमले फक्सवागनसँगको साझेदारी लम्ब्याउने

काठमाडौं ।

जर्मनीको डिजिटल एप नक्शा निर्माता कम्पनी टमटम एनभीले मंगलबार आफूले फक्सवागनसँगको आपूर्ति साझेदारी लम्ब्याउने बताएको छ।

कम्पनीले आफ्नो म्यापिङ तथा नेभिगेशन प्रविधिलाई फक्सवागनको विद्युतीय सवारी लगायतका कारहरुमा प्रयोग गर्ने पनि जानकारी दिएको छ।

‘टमटम र फक्सवागनबीचको यो बहुवर्षीय सम्झाैताले चीनबाहेक विश्वको सबै बजारमा आफ्नो वर्चस्व कायम राख्छ र यो एउटा सफल र लामो सहकार्यको निरन्तरताका रुपमा रहनेछ’, टमटमले भन्यो।

उक्त सम्झाैता अन्तर्गत केही नखुलाइएका शर्तहरु अनुसार टमटमको प्रविधि फक्सवागनका कारहरुका यूजर इन्टरफेसमा पनि प्रयोग गरिने बुझिएको छर टमटमको शेयर सोमबार ८.२६५ यूरो पुगेको थियो।

प्रकाशित: ७ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...