
काठमाडौं ।
चिनियाँ स्मार्टफोन प्रयोगकर्ताले तीन वर्षमा आफ्ना लागि उपलब्ध मोबाइल एपहरुमा ३८.५ प्रतिशतले कमी आएको पाएका छन्।
यो आँकडा देशले ठूला प्रविधि कम्पनीहरुमाथि कडाइ गर्न थालेदेखि यो वर्ष देखिएको सबैभन्दा ठूलो गिरावट भएको चिनियाँ समाचार माध्यम साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
यो आँकडाले राष्ट्रले ठूला प्रविधि कम्पनी तथा इन्टरनेट सामग्रीमाथि कडाइका कारण डिजिटल क्षेत्र तथा समग्र बजारलाई नै कसरी अप्ठेरो पारिरहेको छ भन्ने दर्शाउँछ।
यो वर्षको अक्टोबरमा चिनियाँ एपस्टोरमा २७ लाख ८० हजार ओटा रहेका थिए। उक्त सङ्ख्या सन् २०१८ को अन्त्यतिर रहेको ४५ लाख २० हजारभन्दा निकै कम भएको पोस्टले उद्योग तथा सूचना प्रविधि मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै लेखेको छ।
समग्र एपको सङ्ख्यामा आएको उक्त गिरावट चीनको माझिँदै गएको एप बजारको संकेत भएको बुझिएको छ। विश्वभर मासिक १.२ अर्ब एक्टिभ यूजर रहेका विच्याट तथा टेन्सेन्ट होल्डिङ्सका सामाजिक सञ्जालले चीनमा वर्षाैंदेखि सामाजिक सञ्जालमा वर्चस्व कायम गर्दै आएका छन्।
प्रकाशित: ६ पुष २०७८, मंगलवार