
काठमाडौं ।
एप्पलले यो वर्ष आफ्नो आईफोन १३ सिरिज लन्च गरेको छ। आईफोन १३, आइफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन्। ए१५ बायोनिक चिपसेट र आईओएस १५ का साथ यी आईफोनहरू उच्च प्रोसेसिङ्ग क्षमता र अत्यन्त स्मार्ट भएका कारण प्रयोगकर्ताहरूले मन पराइरहेका छन्।
अब एप्पलले छिमेकी देश भारतमा आफ्नो नयाँ आईफोन १३ को उत्पादन सुरु गरेको छ। पछिल्लो रिपोर्ट अनुसार एप्पल कम्पनीले भारतमा आईफोन १३ निर्माण गर्न फक्सकनलाई छनोट गरेको छ। यो उत्पादन आईफोन निर्माता फक्सकनद्वारा परीक्षणको आधारमा मात्र सुरु गरिएको हो र यो मेड इन इन्डिया आईफोन १३ मोडल चेन्नई, तमिलनाडुमा रहेको यसको प्लान्टमा निर्माण भइरहेको छ।
रिपोर्टकाअनुसार कम्पनीले भारतमा केवल आईफोन १३ मोडेलहरू बनाउने योजना बनाएको छ र एप्पल आईफोन १३ प्रो र आईफोन १३ प्रो म्याक्सलाई कम्पनीले तत्कालका लागि साइडमा राखेको छ।
मिडिया रिपोर्टका अनुसार आईफोन १३ को ट्रायल प्रोडक्शन चाँडै नै व्यावसायिक उत्पादनमा परिणत हुनेछ। यस उत्पादनलाई विस्तार गर्न, एप्पलले आवश्यक सेमीकन्डक्टर कम्पोनेन्टहरू थपिसकेको छ, जसले गर्दा विश्वव्यापी चिप अभावले पनि धेरै असर पर्ने छैन्।
यदि सबै योजना अनुसार चल्यो भने, एप्पल कम्पनीले फेब्रुअरी २०२३ सम्ममा भारतमा निर्मित आईफोन १३ मोडेलहरू आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्न थाल्ने बताईएकोछ।
एप्पलका धेरै आईफोन मोडेलहरू पहिले नै भारतमा निर्माण भइरहेका छन्। अहिलेपनि आईफोन ११, आईफोन १२ र आईफोन एसई मोडलहरू भारतमा एसेम्बल हुने गरेका छन्।
प्रकाशित: ६ पुष २०७८, मंगलवार