चीनमा करिब ३ करोड ५० लाख टेलिकम ग्राहक फाइभजीमा जोडिए

  • Technology Khabar | ७ पुष २०७८, बुधबार
चीनमा करिब ३ करोड ५० लाख टेलिकम ग्राहक फाइभजीमा जोडिए

काठमाडौं ।

छिमेकी देश चीनको टेलिकम अपरेटर चाइना टेलिकमले नोभेम्बरमा ७ लाख ग्राहक वृद्धिको साथ चीनमा मोबाइल ग्राहकहरूको वृद्धिको नेतृत्व गरेको छ। सो संख्या सोही महिनाको अन्त्यसम्ममा कुल ३७ करोड १९ लाख ४० हजारमा थियो।

अर्कोतर्फ चाइना मोबाइलले सोही महिनामा ३ लाख २३ हजार ग्राहक गुमायो, तर कुल ९५ करोड ६७ लाख ८० हजार मोबाइल ग्राहकहरूका साथमा स्थानीय बजारमा सबैभन्दा ठूलो मोबाइल अपरेटर बनेको छ।

चाइना युनिकमले नोभेम्बरमा ३१ करोड ७३ लाख ४० हजार मोबाइल ग्राहकहरूका पुर्याएको छ र कम्पनीले अक्टोबरको तुलनामा ५ लाख ५ हजारले ग्राहक संख्या बढाएको छ।

चाइना मोबाइलले नोभेम्बरमा फाइभजी ग्राहकहरूमा झण्डै १ करोड ९० लाख ग्राहक बढेर ३७ करोड ४३ लाख ८० हजार फाइभजी ग्राहकहरूसहित सबैभन्दा ठूलो लाभ भएको दाबी गरेको छ।

चाइना टेलिकमले यस महिनामा १ करोड भन्दा बढी ५जी प्रयोगकर्ताहरू थपेर कुल १७ करोड ८७ लाख ६० हजारमा पुगेको छ, र चाइना युनिकमले नोभेम्बरमा १४ करोड ९५ लाख ४० हजार ५जी ग्राहकहरूको गणना गरेको छ, जुन अघिल्लो महिनाको तुलनामा ६० लाख ३० हजारले बढेको छ।

यस बाहेक चाइना मोबाइलले वायरलाइन ब्रोडब्यान्ड बजारमा पनि सबैभन्दा बलियो वृद्धि देखाएको छ।

प्रकाशित: ७ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...